Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको गल्छी,बेनिघाट, गजुरी र त्रिपुरासुन्दरीमा सवारी दुर्घटना,१७ जना घाईते

प्रत्यूष ३४५ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक ८, बुधबार (२ साल अघि)
धादिङको गल्छी,बेनिघाट, गजुरी र त्रिपुरासुन्दरीमा सवारी दुर्घटना,१७ जना घाईते

धादिङ । धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । धादिङको गल्छी चिरौदी पुल,बेनिघाटको शीतलबजार,गुजुरीको बन्छेटार, र त्रिपुरासुन्दरीको सल्यानटारमा आज सवारी दुर्घटना भएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा –४ चिरौदी पुल नजिकै यात्रु बाहक बस, माइक्रो र मोटरसाइकल एक आपसमा ठोक्किदा १२ जना घाइते भएका छन् । धादिङबेशी बाट काठमाण्डौ तर्फ जादै गरेको बा ३ ख ८३९५ नं.को बसले विपरित दिशावाट आउदै गरेको बा ६० प ४८६९ न. को मो.सा लाई ठक्कर दिदा उक्त मो.सा उच्छिटिएर सोही दिशा तर्फ जादै गरेको बा.प्र ०१–०२८ च ९३३६ नं.को कारमा समेत ठोकिन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका वडा ६ का २६ वर्षीय जितेन्द्र पाठक, पछाडी सवार पाठकका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाडौ रिफर गरिएको छ । बा ३ ख ८३९५ नं.को बसमा सवार धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा न ११ बस्ने ७० कि धनिमाया धमला, धादिङ थाक्रे गाउँपालिका वडा न २ बस्ने बर्ष ४५ को नवराज रिजाल, निजको छोरी बर्ष २१ कि सम्झना रिजाललाई थप उपचारको लागी काठमाण्डौ पठाईएको छ । धनिमाया धमलाको शरिरको भित्री भागमा चोट पुगेको अवस्था मध्यम रहेको,नवराज रिजालको शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम रहेको, सम्झना रिजाल खुट्टामा चोट अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

बसमा नै सवार काठमाण्डौ चन्द्रागिरि न.पा १४ बस्ने बर्ष ३० कि सुनिता कार्की निधारमा चोट लागेको, निजको छोरी बर्ष ३ कि कृतिका कार्की टाउकोमा चोट लागेको छ । त्यसैगरी .धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा न ११ बस्ने बर्ष ७३ को जिव प्रसाद धमला टाउकोमा चोट लागेको छ । धादिङ सिद्वलेक गाउँपालिका १ बस्ने बर्ष ५५ कि खुस कुमारी तिमिल्सेना टाउको र मुखमा चोट लागेको, सोहि स्थान बस्ने बर्ष ९ कि सन्ध्या तिमिल्सेना घाँटीमा चोट पुगेका प्रहरीको भनाई छ । धादिङ निलकण्ठ नगरपालिका ११ बस्ने बर्ष ४४ को राज कु.श्रेष्ठको ढाड र खुट्टामा चोट लागेको छ । त्यसैगरी सोहि स्थानमा बस्ने बर्ष ४३ को सोम ब. गुरुङ मुखमा चोट लागी अबस्था मध्यम रहेको छ । घाईतहरुलाई प्राथमिक उपचारका लागी गल्छी स्थित अम्वि भरोसा अस्पतालमा पठाईएको र तिन वटै सवारी साधन र वस चालक, कार चालक प्रहरीको नियंन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ

त्यसैगरी, धादिङको बेनिघाट रोराङ गा.पा ३ सितलबजार स्थित पृथ्बीलोकमार्गमा चितवन बाट काठमाण्डौं तर्फ जादै गरेको PH66A3065नं.को मो.सा र विपरित दिशाबाट आउदै गरेको बा ९९ प ३५४ नं.को मो.सा एक आपसमा ठोकिन गई दुर्घटना भएको छ । दुर्घटनामा PH66A3065 नं.को चालक काठमाण्डौ जिल्ला २१ बस्ने बर्ष ५२ को टिकलाल महर्जन, बा ९९ प ३५४ नं.को चालक जिल्ला गोर्खा मार्पाक सुलीकोट गा.पा ४ बस्ने बर्ष ३२ को रमेश राना, निजको श्रीमती बर्ष ३० कि अस्मिता राना घाईते भएका छन् । महर्जनको दाहिने खुट्टा , दाहिने हात र छातीमा चोट लागेको,रमेश राना दाहिने खुट्टा,हातमा चोट लागेको र निजको श्रीमती अस्मिता राना दाहिने खुट्टा र पाखुरामा चोट पुगेको छ । तीनै जनको अबस्था मध्यम रहेको प्रहरीले बताएको छ । निजहरुको मलेखु स्थित राजमार्ग अस्पतालमा उपचार भैरहेको र दुबै मोटरसाईकल ईलाका प्रहरी कार्यालय बेनिघाटको नियन्त्रण रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी आज नै गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौतर्फ जाँदै गरेको बा ४ ख ४१७७ नम्बरको माइक्रो बस र काठमाडौबाट गजुरीतर्फ आउँदै गरेको बा २१ प ६०९० नम्बरको हुण्डाई कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा एक जना घाईते भएका छन् ।

आज नै त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution