Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख ३०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको हुलाक भन्ज्याङमा ३५ वर्षपछि रोटेपिङ

रासस २५६ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक ७, मंगलबार (१ साल अघि)
धादिङको हुलाक भन्ज्याङमा ३५ वर्षपछि रोटेपिङ

धादिङबेशी । धादिङको ज्वालामुखी गाउँपालिका–६ स्थित हुलाक भञ्ज्याङमा ३५ वर्षपछि यो दसैँमा रोटेपिङ हालिएको छ । पुराना कला र संस्कृति जगेर्ना गर्ने अभियानमा लागेका स्थानीय युवाले कलात्मक रोटेपिङ तयार गरेका हुन् ।

गाउँका सबै युवा मिलेर पिङ निर्माण गरेपछि यो वर्ष दसैँ रौनक बनेको छ । बालबालिकादेखि वृद्धसम्मलाई रोटेपिङले थप उल्लासमय बनाएको छ । स्थानीयवासी हरिमान शाक्य भन्नुहुन्छ, “३५ वर्षपछि रोटेपिङ चढ्न पाइयो । पिङ खेल्न पाएपछि त हामीजस्ता बुढापाकालाई पनि दसैँ रमाइलो हुँदो रहेछ ।”

बाजेका पालासम्म पुस्तान्तरण हुँदै आए पनि बाको पालादेखि हराउँदै गएको रोटेपिङको जगेर्नामा नयाँपुस्ता लागिपरेका छन् । यहाँका युवाले गाउँका बूढापाका र बालबालिकालाई पिङ खेलाउँदै रोटेपिङबारे पाकाको कुरा सुन्ने र सानालाई सुनाउने गरिरहेका छन् ।

यो दसैँमा साना बालबालिकाले पनि रोटेपिङको अनुभव लिने मौका पाएका छन् । झण्डै तीन दशकपछि गाउँमा रोटेपिङ चढ्न पाउँदा वृद्धवृद्धा पनि मख्ख छन् । मीठो खानुभन्दा पनि दसैँ मानाउन गाउँ पुगेकाहरु पनि पिङमा नै रमेका छन् ।

मौलिक संस्कृतिको जगेर्ना गर्ने र पुराना कला संस्कृतिका बारेमा नयाँ पुस्तालाई आकर्षण बढाउने उद्देश्यले गाउँका साथीभाइ मिलेर रोटेपिङ निर्माण गरिएको स्थानीय युवा सुनिता शाक्य शाक्यले बताउनुभयो । “तीन दशकअघिसम्म हजुरबुबाले दसैँमा बर्सेनि रोटेपिङ खेल्नुहन्थ्यो रे भन्ने गरेको सुनिन्थ्यो तर देख्न भने मुस्किल थियो । वर्षमा एक दिन भए पनि पिङ खेलेर धर्ती छोड्नुपर्छ भन्ने पाका पुस्ताको भनाइलाई समेत मनन गर्दै यसपाली पिङ हालियो”, शाक्यले खुसी सुनाउनुभयो ।

“रोजगारीको सिलसिलामा युवापुस्ता विदेशिने क्रम बढेसँगै पनि दसैँ तिहारमा रौनकता दिने रोटे पिङ हराउन थालेको छ । प्रविधिको विकाससँगै सहर बजार र मेला महोत्सवमा पैसा तिरेर खेल्न पाइने पिङले पनि रोटेपिङप्रतिको चासो कम भएको पाइन्छ,” उहाँले भन्नुभयो, “निर्माण गर्न खर्चिलो हुने, काठपात बढी लाग्ने र युवापुस्तामा सीप अभावकै कारण रोटे पिङ लोप हुँदैगयो । भावी पुस्ताले रोटेपिङ देख्नै नपाउने भएका थिए । हाम्रा राष्ट्रिय पर्वहरुसँग जोडिएको संस्कृति जोगाउनु हाम्रो दायित्व हो ।”

रोटेपिङकै ढाँचामा फलाम प्रयोग गरी व्यावसायिक हिसाबले पिङ बनाइने र खेल्ने खेलाइने प्रचलन पनि निकै बढेको छ तर त्यस्तो पिङमा दसैँमा देखिने रोटेपिङमा जस्तो रौनक पाइँदैन । ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’ भन्ने नेपाली उखानजस्तै गाउँबाट लोप भइसकेको रोटेपिङ झण्डै ३५ वर्षपछि सोही स्थानमा पुनः बन्दा र खेल्न पाउँदा हुलाक भन्ज्याङवासी अहिले खुसीले दङ्ग छन् ।

वडासदस्य तथा स्थानीय बासिन्दा लिलामान शाक्यको पहलमा यहाँ ३५ वर्षपछि रोटेपिङ बनेको हो । पुस्तौँदेखि खेल्दै आएको रोटेपिङ एकादेशको कथाजस्तो नबनोस् भन्ने हिसाबले यो वर्ष दसैँमा रोटेपिङ बनाउनुपर्छ भन्ने आफूले योजना बनाएँ, उहाँले भन्नुभयो, “यो प्रस्ताव वडाध्यक्ष किशोर सेढाई समक्ष राखे त्यसपछि पालिकाको आर्थिक सहयोगमा गाउँमा रोटेपिङ बनाउन सफल भयौँ ।”

करिब रु एक लाखको लगानीमा तयार भएको यो पिङ प्राविधिक हिसाबले पनि सुरक्षित बनेको छ । अहिले मौलिकरूपमा बनाइएको पिङमा प्रयोग भएको काठको खम्बा र फलामको डन्डी दसैँ सकिएपछि सुरक्षित स्थानमा राखिने र आगामी वर्षमा पनि गाउँमा रोटेपिङ बनाउने कार्यलाई निरन्तरता दिँदै जाने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • रारामा पर्यटकीय पूर्वाधारमा लगानी  गर्न माग

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

  • राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी  गर्न माग

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution