Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास

रासस ३०६ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक ३, शुक्रबार (२ साल अघि)
ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास

काठमाडौँ, ३ असोज ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताउनुभएको छ ।

एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताउनुभयो ।

हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्धजलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको अधिक सम्भाव्यता रहेको तथा सौर्य ऊर्जाको पनि उत्तिकै सम्भाव्यता रहेको जानकारी दिनुभएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

नेपालको भौगोलिक विविधताका कारण अफ ग्रिड प्रणालीको आवश्यक भएको उल्लेख गर्दै उहाँले साना र मझौला प्रकृतिका प्रसारण प्रणालीमार्फत नवीकरणीय ऊर्जाको वितरण भइरहेको बताउनुभयो । ऊर्जा सुरक्षालाई नेपालले प्राथमिकतामा राखेको तथा खपत गरेर बचत भएकोे बिजुलीको व्यापारका लागि सीमापार व्यापारका प्रयासबारे जानकारी दिनुभयो ।

सरकारले आन्तरिक खपत बढाउनका लागि प्रसारण तथा वितरण लाइनको सुधार, प्रणालीको क्षमता वृद्धि, स्वच्छ ऊर्जा प्रवद्र्धन, स्वदेशी तथा विदेशी सार्वजनिक–निजी लगानी परिचालन गरी उत्पादन, प्रसारण, वितरण तथा व्यापार विस्तार चाहेको बताउनुभयो । साथै उहाँले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्नुभयो ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको जानकारी दिँदै वातावरणीय सुरक्षाका लागि पनि नवीकरणीय ऊर्जालाई नै प्राथमिकता दिएको बताउनुभयो । नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर घटाउन अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको नेपालले अपेक्षा गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution