Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिक्षामा लगानी बढाउने मन्त्री राईको प्रतिबद्धता

रासस ५३५ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २७, शनिबार (२ साल अघि)
शिक्षामा लगानी बढाउने मन्त्री राईको प्रतिबद्धता

काठमाडौँ, २७ असोज ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।स्थानीय शिवपुरी माध्यामिक विद्यालयको हीरक जयन्तीका अवसरमा आज आयोजित समारोहमा मन्त्री राईले उपलब्ध साधन र स्रोतको सीमाले भ्याएसम्म राज्यका तर्फबाट शिक्षामा लगानी गरिएको बताउनुभयो ।

“शिक्षा क्षेत्रमा जति लगानीको अपेक्षा गरिएको छ, त्यो हाम्रो अर्थतन्त्रको समस्या र सीमाले भ्याइरहेको छैन, कूल बजेटको कम्तीमा २० प्रतिशत रकम शिक्षामा लगानी हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि हामीले यसपटक ११ दशमलव २७ प्रतिशत मात्रै लगानी गर्न सकेका छौँ”, उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्रमा सुधार आउने बित्तिकै सरकारले शिक्षामा लगानी बढाउँछ ।”

शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री राईले आगामी दिनमा शिक्षामा गरिने लगानी बढाउन सरकारले विशेष ध्यान दिएको बताउनुभयो । सीमित स्रोत साधनका कारण सरकारले चाहेर पनि शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्न नसकिरहेको उहाँको स्वीकारोक्ति थियो ।

मन्त्री राईले संसद्मा पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई समयानुकूल बनाउन सबैको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । शिक्षक महासङ्घसँग परामर्श गरी मस्यौदा गरिएको जानकारी दिँदै उहाँले सरकारका तर्फबाट आन्दोलनरत शिक्षकसँग समझदारी समेत गरिएको बताउनुभयो ।

उहाँले विधेयक सदनबाट पारित भएपछि सार्वजनिक विद्यालयमा अध्यापन गरिरहेका शिक्षक तथा विद्यालय कर्मचारीले गुनासो गर्नुपर्ने अवस्था बाँकी नरहने दाबी गर्नुभयो । “गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्न सक्ने ऐन बनाउन त्यसको मस्यौदा सदनमा पेस भइसकेको छ ।

शिक्षा विधेयकलाई उपयुक्त ऐनका रुपमा ल्याउने जिम्मेवारी सांसदमा निहित छ । सो विधेयकलाई समयानुकूल बनाउन म पनि क्रियाशील हुनेछ”, मन्त्री राईले भन्नुभयो । नेपाली काङ्ग्रेका ससांसद प्रदीप पौडेलले सबै नागरिकको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सरकारले सामुदायिक विद्यालयको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सार्वजनिक शिक्षाप्रति राज्य गम्भीर हुनुपर्छ भन्दै सांसद पौडेलले शैक्षिक पूर्वाधार र जनशक्ति व्यवस्था गर्न सरकार तयार हुनुपर्ने सुझाव दिनुभयो । “सार्वजनिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै छ, यस क्षेत्रमा राज्यले पनि लगानी बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution