Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत

रासस ५४९ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २६, शुक्रबार (२ साल अघि)
राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २६ असोज

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयागका प्रतिवेदन प्रस्तुत भएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आयोगको १६औँ वार्षिक प्रतिवेदन र मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आफू नेतृत्वको आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैङ्गिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताउँदै धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताउनुभयो ।

“राष्ट्रिय जीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी बनाउनुपर्ने भएको छ, आगामी दिनमा महिला आयोगले अझ सशक्त र प्रभावकारी रुपमा कार्यसम्पादन गर्नेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो । आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने क्रममा प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले गाउँघरमा पछाडि परेका महिलाको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक भएकामा जोड दिनुभयो ।यसैगरी, राष्ट्रपति पौडेलले मधेसी आयोगको प्रतिवेदन ग्रहण गर्दै मधेसमा पनि सिङ्गो देशकोजस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताउनुभयो ।

उहाँले नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गर्दै आएको मधेसी समुदायको भाषा, संस्कृति, वेषभूषा, परम्परा, सभ्यता र संस्कार देशको विविधताजस्तै विविधतापूर्ण रहेको बताउनुभयो । राष्ट्रपतिले भन्नुभयो, “नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।

मधेसमा पनि भाषा, संस्कृति, वेषभूषा, परम्परा, सभ्यता र संस्कारमा सिङ्गै देशको जस्तै विविधता छ । मधेसमा बोलिने भाषा, त्यहाँका संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो ।”

राष्ट्रपतिले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution