Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै

रासस ५९३ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २६, शुक्रबार (२ साल अघि)
दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै

मकवानपुर, २६ असोज 

हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाएको छ ।

साथै दैनिक वीरगन्ज, चितवनको नारायणगढ र हेटौँडाको स्थानीय उपभोक्तालाई करिब छ हजार पाँच सय लिटर दूध सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको आयोजनाका प्रमुख नवीनकिशोर शर्माले बताउनुभयो । अहिले मधेस प्रदेशको बारा, सर्लाही, रौतहट र पर्सा तथा बागमतीको मकवानपुरका गरी दुई सय दूध उत्पादन सहकारी संस्थाबाट २३ हजार लिटर दूध खरिद गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

तराईका चार र मकवानपुरका गरी नौ हजार तीन सय ७५ कृषकबाट दैनिक दूध खरिद गरेबापत मासिकरूपमा रू तीन करोड उपलब्ध गराउँदै आएको प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँबाट उत्पादित पेडा र लालमोन दैनिक एक सय ६० कार्टुन काठमाडौँका उपभोक्ताको मागबमोजिम पठाउने गरिएको छ ।

आयोजनाले दैनिक पासराइट गरेको दूध चार हजार लिटर, दही सात सय लिटर, घिउ सात सय लिटर र पनिर एक सय ४० केजी उत्पादन गर्दै आएको छ । सुक्खा मौसमको समयमा तराईबाट दैनिक आठदेखि नौ हजार लिटरसम्म दूध खरिद गर्न सकिने शर्माको भनाइ थियो ।

आयोजनाले आफ्नो लगानीमा सर्लाही, रौतहट र बारामा छ वटा किसान केन्द्र सञ्चालनमा ल्याएको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनामा प्रशासन व्यवस्थापन र मजदुर गरी एक सय १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

“तराईमा अहिले दूधको उत्पादन वृद्धि भइरहेकाले यसअघि भारतको पटनाबाट काठमाडौँका उपभोक्तालाई दूध आपूर्ति गर्ने गरिएको थियो”, आयोजना प्रमुख शर्माले भननुभयो, “केही महिनादेखि त्यो बन्द गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution