Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो : गाउँपालिका महासङ्घ

रासस ११८४ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २६, शुक्रबार (३ साल अघि)
Post Thumbnail

काठमाडौँ, २६ असोज ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाउनुभएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) र प्लान नेपालको समन्वयमा महासङ्घको अनामनगरस्थित कार्यालयमा आज आयोजित बालिकालाई जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले संविधानले विद्यालय तहको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्नुभयो ।

नेपाल शिक्षक महासङ्घलगायतले स्थानीय तहको मातहतमा आफू बस्न अनिच्छा गर्दै आएका छन् । गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको सो विधेयक यही असोज २५ गतेको बैठकले दफाबार छलफलका लागि शिक्षा हेर्ने समितिमा पठाएको छ ।

अध्यक्ष पाण्डेले भन्नुभयो, ‘‘संविधान मिच्ने अधिकार कसैलाई छैन । संविधानतः एकल अधिकार हामीले पाएको सवालमा कुनै कानुन बनाएर त्यसलाई खुम्च्याउन मिल्दैन । साझा अधिकारका विषयमा पनि हामीसहितको परामर्शमा सङ्घीय सरकारले कानुन बनाउनुपर्छ । कानुनी सहजता भएमा जनताका घरदैलोमा सिंहदरबार भन्ने मान्यतालाई व्यवहारिकरूपमा लागू गराउन हामी प्रतिबद्ध छौँ ।”

छात्राहरू सक्षम भएमा मात्रै देश बन्ने बताउँदै उहाँले कक्षा १० सम्म निःशुल्क शिक्षा दिलाउन र बालिकाहरूको बढ्दो कक्षा छाड्ने प्रवृत्ति घटाउन प्राप्त स्रोत र साधनका आधारमा स्थानीय तहले पहल गरिरहेको जनाउनुभयो ।

कार्यक्रममा अध्यक्ष पाण्डेले किशोरीहरूलाई समावेशीकरण, सक्षमता र नेतृत्वको अनुभव हासिल गराउन प्रतिकात्मकरूपमा धनुषाकी बालिका मनिषा पण्डितलाई एक दिनका लागि आफ्नो पदीय जिम्मेवारी हस्तान्तरण गर्नुभयो । सहभागी बालिकाहरूले आफूहरूका लागि लगानी बढाइ बालश्रम, बालविवाह, कुपोषण र विभेदबाट जोगाएर उचित वातावरण र शिक्षा दिन आग्रह गरेका थिए ।

सिजपका महासचिव तिलोत्तम पौडेलले बालअधिकारको व्यवहारिक अनुभूति दिलाउँदै किशोरीहरूलाई अवसर दिइए नेतृत्व र सहकार्य गर्न सक्षम छन् भन्ने सन्देश दिनखोजिएको बताउनुभयो । हरेक अक्टोबर ११ मा बालिका दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • Post Thumbnail

    जग्गा भाडामा लिएर सयपत्री खेती

  • Post Thumbnail

    भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    Post Thumbnail

    सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

    Post Thumbnail

    राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बडादसैँको शुभकामना

    Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution