Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा

रासस ४५२ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २२, सोमबार (२ साल अघि)
‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा

काठमाडौँ, २२ असोज ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताउनुभएको छ ।

विश्व हुलाक सेवा दिवसका अवसरमा आज डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पु¥याउने गरी सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीबमोजिम पुनःसंरचना गर्न लागिएको बताउनुभयो ।

“आवश्यक सार्वजनिक सेवाका रुपमा रहेको हुलाक सेवामुखी भावनाले सञ्चालन हुँदै आएको छ । मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्चालन रहे पनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था छैन”, मन्त्री शर्माले भन्नुभयो, “यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक, भरपर्दो र प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य छ ।”

मन्त्री शर्माले हुलाक सेवामा प्रविधि, भौतिक पूर्वाधार र सङ्गठनात्मक पुनःसंरचनामसहित कार्यरत कर्मचारीको क्षमता विकाससहित सरोकारवालाबीच समन्वय गरी हुलाक सेवाको विश्वव्यापी सञ्चालनमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रका रुपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समयसापेक्षितरुपमा हुलाक सेवालाई प्रभावकारी, विश्वसनीय र आधुनिक प्रविधियुक्त बनाउन सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो ।

हुलाक सेवा विभागका महानिर्र्देशक प्रदीपराज अधिकारीले परम्परागतरुपमा हुलाक सेवा सञ्चालन हुन नसक्ने अवस्थालाई ध्यान दिइ पुनःसंरचना र समयसापेक्षतामा अग्रसर हुन आफूहरु तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा हुलाक सेवामा योगदान दिने व्यक्ति र दीर्घसेवी कर्मचारीलाई सम्मान गरिएको थियो । यस वर्षको दिवसको नारा ‘विश्वासका लागि एकसाथ’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution