Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’

रासस ३२७ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १९, शुक्रबार (१ साल अघि)
‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’

सुर्खेत (छिरुन्चु), १९ असोज ।

तारादेवी बुढाको परिवार २०३५ साल तिर सल्यानबाट सुर्खेतको पूर्वी क्षेत्र मेहलकुनामा बसाइँ स¥यो । उहाँका श्रीमान् शेरबहादुरले बजारछेउमा थोरै ऐलानी जमिन जोड्नुभएको थियो । जग्गाधनी पुर्जा नपाउँदै शेरबहादुरको मृत्यु भयो । दुई छोराले दुःख गरेर ऐलानी जमिनमै एकतले पक्की घर बनाए ।

“जग्गाधनी प्रमाण पुर्जा नहुँदा बनाएको घर र जमिनको कुनै मूल्य नहुँदो रहेछ”, ७० वर्षीया तारादेवी भन्नुहुन्छ, “अब छोरा–नातिलाई सजिलो होला ।”जग्गा र घर भए पनि व्यापार–व्यवसाय गर्न रकम नहुँदा उहाँका दुवै छोरा कमाउन भारत जाँदै आउँदै गरेका थिए । “अब त घर बैंकमा राखेर छोराहरूले यहीँ व्यापार गर्छौँ भनेका छन्”, उहाँले भन्नुभयो, “बल्ल अहिले घर र जमिन मेरो हो भन्नेमा ढुक्क भएकी छु ।”

यस्तै ८० वर्षीया ओकी सुनारको हातमा लालपुर्जा पर्नासाथ उहाँले आँसु झार्नुभयो । “यी दुःखका होइनन्, खुसीका आँसु हुन्”, अघिल्लो महिना मेहलकुनामा आयोजित कार्यक्रममा लालपुर्जा लिन मञ्चमा पुग्नुभएकी उहाँले भन्नुभयो, “लालपुर्जा नपाएरै मरिन्छ भन्ने थियो, त्यो पनि आजदेखि हट्यो ।”

वर्षौँ पहिले सुनार रुकुमबाट श्रीमान्सँगै मेहल कुनाको खटाङ झर्नभएको थियो । भेरी किनार नजिकै ओकीका श्रीमान् भद्रे सुनारले वनमारा पन्छाएर जमिन जोड्नुभएको थियो । यहीँ ठाउँमा सुनारले तीन छोरा र तीन छोरीलाई जन्माउनुभयो ।

लालपुर्जा नदेखेरै उहाँका श्रीमान् र छोरीको मृत्यु भइसक्यो । “आफू बसेको जमिनको लालपुर्जा नदेखेरै लोग्ने र छोरा बिते”, उहाँले भन्नुभयो, “म पनि नदेखेरै मर्छु कि जस्तो लाग्थ्यो, हातमा लालपुर्जा पर्दा आँसु रोक्न सकिनँ ।”

तारादेवी र ओकीजस्तै सुर्खेतका एक हजार दुई सय ४५ जनाले जग्गाधनी पुर्जा पाएका छन् । सुर्खेतका नौ पालिकामध्ये पाँचवटा पालिकामा लालपुर्जा वितरणको काम भइरहेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अनुसार कोटमाझखर्क अन्तर्गतका र तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो ।

गुर्भाकोट, भेरीगङ्गा, चौकुने र पञ्चपुरी गाउँपालिकामा केही परिवारलाई जग्गाधनी पुर्जा दिइएको बताउनुभयो । एक हजारभन्दा धेरै परिवारको लालपुर्जा तयारी अवस्थामा भए पनि कतिपयले राज्यलाई दिनुपर्ने १० प्रतिशत राजस्व तिर्न नसकेका कारण पुर्जा पाउन सकेका छैनन् । विभिन्न पालिकामा गरी त्यस्तो सङ्ख्या एक सय ५० छ । उनीहरू भारत तथा स्वदेश बाहिर भएकाले पनि लालपुर्जा नलिएका हुन् ।

वीरेन्द्रनगर र लेकबेँसी, सिम्ता र चिङ्गाड गाउँपालिकामा लालपुर्जा वितरणको काम भने अहिलेसम्म हुनसकेको छैन । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले जग्गा नापजाँचका लागि प्रक्रिया अन्तिम चरणमा पुगेका केही दिनमा लालपुर्जा वितरणको काम सुरु गर्ने बताउनुभएको छ ।

केही पालिकामा कित्ताकाट रोकिएकाले पनि लालपुर्जा वितरणको काम अघि बढ्न नसकेको हो । लेकबेँसी नगरपालिकाले भू–उपयोग नीति बनाएर जग्गाको वर्गीकरण गरी क्रिया अघि बढाउनुका साथै वडा नं ६ मा दुई सय ५० जनालाई लालपुर्जा वितरण गरेको लेकबेँसी नगरपालिका सुर्खेतका अधिकृत नारायणदत्त तिवारीले जानकारी दिनुभयो ।

सिम्ता गाउँपालिकामा पनि भू–उपयोग नीति बनाइँदै गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो । भू–उपयोग नीति बनाउँदै गरेकाले यसको टुङ्गो लगाएपछि मात्रै थप काम अघि बढ्ने उहाँले जानकारी दिनुभयो । चिङ्गाड गाउँपालिकामा तथ्याङ्क सङ्कलनमै ढिलाइ भइरहेको छ ।

हालसम्म लालपुर्जाका लागि कुनै पनि काम नभएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत टोपबहादुर रानाले जानकारी दिनुभयो । सुर्खेतमा अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुम्बासीका गरी झण्डै ४८ हजार निवेदन सङ्कलन भएका थिए । ती मध्ये ४२ हजार आवेदन अव्यवस्थित बसोबासीका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

  • गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

  • आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँः अध्यक्ष दाहाल

    आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँः अध्यक्ष दाहाल

  • दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह

    दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ जेष्ठ २६ गते सोमबार

    २०८२ जेष्ठ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँः अध्यक्ष दाहाल

    आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँः अध्यक्ष दाहाल

    दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह

    दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution