Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

रासस ३९८ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १६, मंगलबार (२ साल अघि)
Post Thumbnail

काठमाडौँ, १६ असोज ।

सांसदहरुले दशैँ, तिहार, छठ लगायतका महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बजारमा महङ्गी र कालोबजारी बढेको भन्दै बेलैमा नियन्त्रण गरी जनतालाई राहत दिन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले महङ्गी नियन्त्रणका साथै चिकित्सक, शिक्षक विभिन्न पेशाकर्मीको समस्या सम्बोधन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

सांसद आस्मा कुमारी चौधरीले दशैँ, तिहार, छठलगायतका पर्व नजिकिएकाबेला बजारमा महङ्गी र कालोबजारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अञ्जनी श्रेष्ठले महङ्गी नियन्त्रण गर्न, चितवनमा निर्माणा धीन राजमार्गको कामलाई तीव्रता दिन तथा चिकित्सक र शिक्षक आन्दोलनबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद अच्युतप्रसाद मैनालीले प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव रहेको र महत्वपूर्ण प्रशासनिक काममा जनताले सास्ती बेहोर्नुपरेको भन्दै अभिलम्ब कर्मचारीको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अजयकुमार चौरसियाले सुक्खा बन्दरगाहका लागि जग्गा अधिग्रहणभएका जग्गाको मुआब्जा किसानलाई उपलब्ध गराउन माग गर्नुभयो। सांसद अम्बिका बस्नेतले देशमा महङ्गी र सामाजिक सद्भाव भड्किने गतिविधि बढिरहेको, चिकित्सकलगायत विभिन्न पेशाकर्मीमाथि आक्रमणजन्य घटना बढेको भन्दै तत्कालै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अर्जुननरसिंह केसीले साना तथा मझौला उद्योग बन्द हुने अवस्थामा रहेको ठूला उद्योगको पनि उत्साहजनक उत्पादन खस्कदो रहेको तथा देशमा महङ्गी बढेको भन्दै यसलाई नियन्त्रण र व्यवस्थापनको माग गर्नुभयो ।

सांसद अमृतादेवी अग्रहरी देशमा देखिएका विद्यमान समस्याको निराकरण गर्न सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो । सांसद असिम शाहले नेपाली क्रिकेट टोलीले भारतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनीहरुलाई सरकारकोतर्फबाट पुरस्कारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद ईश्वरबहादुर रिजालले सरकारले जनसरोकारको विषयलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद ईश्वरी घर्तीले रोल्पाको घर्ती गाउँमा रहेको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा तीन हप्तादेखि सेवा प्रभावित भएको, नागरिकता बनाउन नागरिक सदरमुकाम धाउनुपरिरहेको भन्दै तत्काल रोल्पालगायत सबै जिल्लामा कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ईश्वरीदेवी न्यौपानेले वैदेशिक रोजगारीमा गएकाको समस्या पहिचान र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution