Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अब पैसा नहुनेले पनि उपचार पाउनुपर्छ : मन्त्री जोशी

१५४५ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ७, आईतबार (३ साल अघि)
अब पैसा नहुनेले पनि उपचार पाउनुपर्छ : मन्त्री जोशी

चितवन, ७ असोज : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अब पैसा नहुनेले पनि उपचार पाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयले आज भरतपुर अस्पतालमा आयोजना गरेको ‘सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम, सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम’ मा बोल्दै उहाँले सङ्घ र प्रदेशको सामाजिक स्वास्थ्य सुरक्षाको कार्यक्रमअन्तर्गत सबैलाई जोडेर अकालमा ज्यान जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।

संविधानमै स्वास्थ्य भनेको नैसर्गिक अधिकार हो भनेर लेखिएको भन्दै उहाँले स्वास्थ्य सबैको पहुँचमा पुग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हुनेखाने वर्गको हातमा मात्रै शिक्षा र स्वास्थ्य छ, हुँदाखाने वर्गको हातमा पनि शिक्षा र स्वास्थ्य पु¥याउनुपर्छ भनेर अहिले तीनै तहका सरकार लाग्नुपर्छ, लाग्छौँ ।” आममानिसलाई प्रदेश सरकारले गरेको कामबारे थाहा नभएको भन्दै उहाँले प्रदेशले दिएको सामाजिक सुरक्षाको अधिकतम उपभोग गर्न आग्रह गर्नुभयो । आफू मन्त्री नहुँदासम्म पनि प्रदेश सरकारले गरेका धेरैजसो कामबारे अनभिज्ञ रहेको उहाँको भनाइ थियो । उहाँले प्रदेश सरकारले गरेको काम जनतासमक्ष पु¥याएर त्यसको लाभ सार्वसाधारणलाई दिलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार छ भन्ने अनुभूति दिन हुँदा खाने वर्गको अकालमा ज्यान जान हुँदैन भनेर सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम ल्याएका हौँ ।”

बागमती प्रदेशवासीलाई क्यान्सर उपचारमा सङ्घीय सरकारले दिने रु एक लाखपछि थप रु ५० हजार प्रदेशले व्यवस्था गरेको भन्दै त्यसको उपभोग सर्वसाधारणले गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणलाई प्रदेशले रु ५० हजार दिन्छ भन्ने थाहै छैन ।” यसैगरी हृदयघातको उपचारका लागि रु एक लाख १० हजारसम्म निःशुल्क व्यवस्था गरिएको, प्रदेशभित्रका बिरामीका लागि रगत निःशुल्क गरिएको भन्दै उहाँले यसलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वघोषणा गरेर निःशुल्क रगत पाउने व्यवस्था गरिएको बताउनुभयो । प्रदेशअन्तर्गतका १३ वटा अस्पतालमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई दन्त सेवा निःशुल्क गरिएको सो अवसरमा मन्त्री जोशीले जानकारी दिनुभयो ।

प्रदेश सरकारसँग सम्झौता गरेका अस्पतालले प्रदेशले दिएको सहुलियत सर्वसाधारणले देख्ने गरी लेख्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणले देख्ने गरी प्रदेशले यी सहुलियत दिएको छ भनेर साइनबोर्ड राख्नुहोस् ।” मन्त्री जोशीले प्रदेशका स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाको ५० प्रतिशत प्रदेश स्वास्थ्य मन्त्रालयले व्यहोर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले ५० प्रतिशत दिएको छ, प्रदेशले ५० प्रतिशत दिन्छ, स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा हुन्छ ।” सो अवसरमा हृदयघात उपचारका लागि भरतपुर अस्पतालसँग, क्यान्सर उपचारका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर सेन्ट्रल अस्पतालसँग बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको छ ।

यसैगरी रगत निःशुल्क गर्न नेपाल रेडक्रस सोसाइटी चितवनसँग सम्झौता भएको छ । बीमा बोर्ड भरतपुरसँग स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि सम्झौता गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य माया श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेल, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेलाल लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

  • म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution