Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गोरखामा ७० बर्षीया बृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

३३६ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ५, शुक्रबार (१ साल अघि)
गोरखामा ७० बर्षीया बृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षीया सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानका लागि सोही स्थानका ३१ बर्षीय कर्मा छिरिङ र १८ बर्षीय साने भन्ने सुपराज लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ ३० गते बिहान करिव दश बजेको समयमा आफ्नै घरभित्रको कोठाको बलोमा नाम्लोको डोरीले पाँसो लगाई झुण्डिएको अवस्थामा सुनमायाको शव फेला परेको थियो । दुवै कानको लोती च्यातिएको अवस्थामा भएकाले हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । प्रहरी निरीक्षक शेखर खड्का नेतृत्वको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘भदौ २८ गते साँझ करिव ६ बजे घरमा कोही नभएको मौका छोपी कर्मा र सुपराजले सुनमायाको घाँटीमा डोरीले दुुई तर्फबाट कसेर मारेको भन्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । उनीहरुले मृतकको कानमा भएको सुनको रिङ पनि लुटेर लगेको खुल्न आएको छ,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘घटनालाई ढाकछोप गर्न मृतकलाई कोठाको बलोमा झुण्ड्याएको अनुसन्धानमा देखिन्छ ।’

वुधवार उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता भएको उनले बताए । अनुसन्धानको क्रममा वृद्धाको कानबाट थुतिएको सुनको रिङ समेत बरामद गरिएको श्रेष्ठले जानकारी दिए । ‘लुटपाट गरेर लगेको सुनको रिङ बेचिसकेका रहेछन्, हामीले त्यो पनि बरामद गरेर ल्याएका छौ,’ डिएसपी श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता

    प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता

  • ‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

    ‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

  • अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

    अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

  • पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

    पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता

    प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता

    ‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

    ‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

    अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

    अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

    पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

    पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution