Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण २, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

२७४ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ३, बुधबार (१ साल अघि)
शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक निकायमा हुने मनपरी शुल्क बन्द गर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रमा मनपरी शुल्क भएकाले अब प्रदेश सरकार आफैँले शुल्क निर्धारण गर्न लागेको बताउनुभयो । पढेपछि ऋण तिर्न विदेश जानुपर्ने बाध्यता धेरै विद्यार्थीको समस्या रहेकाले अब शिक्षा क्षेत्रको बृहत्तर विकासका लागि प्रदेश सरकार लागिपर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले शिक्षा व्यापार नभई सेवाको भावनाले सञ्चालन हुनुपर्ने आफूहरुको जोड रहेको बताउनुभयो । बागमती प्रदेश सरकार शिक्षा नीति ल्याउने तयारीमा रहेको भन्दै उहाँले यसका लागि नीतिगत सुझावको अपेक्षामा रहेको बताउनुभयो ।

बागमती प्रदेशमा शिक्षा क्षेत्रमा उल्लेख्य काम भए पनि धेरै कुराहरुको अभाव रहेको मुख्यमन्त्री जम्कट्टेलले स्वीकार्नुभयो । “मलाई थाहा छ शिक्षा क्षेत्रमा समस्या धेरै छन्, पाठयक्रमका समस्यादेखि शिक्षामा देखिएको अन्तरविरोध भनि साध्य छैन,” उहाँले भन्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले विशेषतः स्वास्थ्य क्षेत्र र प्राविधिक क्षेत्रको शिक्षा निकै महँगो हुँदै गएकोप्रति आफूले नजिकबाट बुझेको र यसलाई छिटै समाधानतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा २०७९ सालमा बागमती प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा उच्च जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयलाई प्रोत्सान गर्न नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो । जसअनुसार सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याई प्रथम हुन सफल मेघा मावि भक्तपुर नगरपालिकालाई नगद रु एक लाखसहित सम्मान गरिएको थियो । यस्तै दोस्रो हुन सफल पृथ्वी मावि विदुर नुवाकोटलाई नगद रु ८० हजार, तृतीय हुन सफल श्रम राष्ट्रिय मावि काठमाडौँलाई रु ६० हजार, चौथो हुन सफल पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँलाई रु ४० हजार र पाँचौँ हुन सफल बलम्बु मावि चन्द्रगिरि नगरपालिका काठमाडौँलाई रु ३० हजारसहित सम्मान गरिएको थियो ।

यस्तै संस्थागत विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याई प्रथम हुन सफल रिलायन्स इन्टरनेसनल एकेडेमी, बूढानीलकण्ठ नगरपालिकालाई नगद रु एक लाख, द्वितीय हुन सफल हिज किड्स इन्टरनेशनल स्कुल, काठमाडौँ महानगरपालिकालाई रु ८० हजार र तृतीय हुन सफल फ्लोरोसेन्ट माध्यमिक विद्यालय, टोखा नगरपालिकालाई रु ६० हजारसहित सम्मान गरिएको थियो ।

विसं २०७९ को माध्यमिक शिक्षा परीक्षामा बागमती प्रदेशबाट एक हजार तीन सय ६२ सामुदायिक विद्यालय र एक हजार पाँच सय ४८ संस्थागत विद्यालय गरी जम्मा दुई हजार नौ सय १० विद्यालयको सहभागिता थियो । सामाजिक विकासमन्त्री कुमारी मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव डा भीष्मकुमार भुसाल, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिलगायतको सहभागिता थियो ।No description available.May be an image of 5 people and people studying

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

    ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

  • नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार

    नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार

  • काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

    काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

    ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

    ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

    नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार

    नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

    काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution