Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बालअधिकारको संरक्षण र प्रवर्द्र्धनमा दत्तचित्त भएर लाग्नुपर्नेमा उपराष्ट्रपतिको जोड

रासस ३१० पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २९, शुक्रबार (२ साल अघि)
बालअधिकारको संरक्षण र प्रवर्द्र्धनमा दत्तचित्त भएर लाग्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौँ, २९ भदौ
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा भएको व्यवस्थाअनुरुप बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासका योजना अनिवार्यरूपमा तर्जुमा गरी लागू गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले स्थानीय तहमा बाल क्लब तथा किशोर–किशोरी समूहका सिर्जनात्मक एवं व्यक्तित्व विकासका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

बालबालिकाका लागि प्राविधिक शिक्षा तथा सीपमूलक प्रशिक्षणको आयोजना गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले बालश्रम, बालगृहमा अनधिकृत सिफारिस, बाल हिंसा तथा दुव्र्यवहार गर्ने र बालविवाहलाई संरक्षण र समर्थन गर्नेजस्ता गलत कार्यहरू समाजबाट निषेध गर्नुपर्ने बताउनुभयो ।

सबै स्थानीय तहमा बालकोषको स्थापना गरी सरकारले तय गरेका कार्यहरू सामाजिकीकरण सेवा, जोखिममा परेका बालबालिकालाई आपत्कालीन राहत सेवा, स्वास्थ्योपचार सहायता आदिमा जोड दिँदै उहाँले बालअधिकारको संरक्षण र प्रवर्द्धनमा सबै दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ ।

“बालअधिकारको संरक्षण र प्रवर्द्धनमा जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहेकाले उहाँहरूले यसका लागि बालमैत्री कार्यक्रमको सञ्चालन गर्न आवश्यक छ । बाल संरक्षण घटना व्यवस्थापन कार्यमा स्वास्थ्यकर्मीको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ ।

बालबालिकाको उपचारका लागि आएका अभिभावक र बालबालिकालाई स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, बालबालिकालाई बालमैत्रीरूपमा उपचार र स्वास्थ्य परीक्षण आदिका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मी सदैव अग्रसर हुनुपर्ने उहाँको भनाइ छ ।

बाल अधिकारको संरक्षणमा शिक्षकको दायित्व, कर्तत्व र जिम्मेवारी पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले शिक्षकले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक पहल गर्ने, विद्यालयमा भय तथा हिंसारहित सिकाइका उपायहरू अवलम्बन गरी शिक्षण सिकाइ गर्ने, विद्यालयमा बाल सहभागिता प्रवर्द्धन, बालक्लब गठनलगायत विभिन्न सिर्जनात्मक क्रियाकलापमा बालबालिकाको सहभागिताका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

आजका बालबालिका नै भविष्यका कर्णधार भएको जनाउँदै उहाँले बालबालिकालाई संविधानले व्यवस्था गरेको हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न अझ बढी सचेत हुनु जरुरी रहेको बताउनुभयो ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै राष्ट्रिय बाल दिवस मनाइँदै आइएको छ ।

सन् १९९० सेप्टेम्बर १४ मा नेपालले बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको हो । यस वर्ष बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • प्रत्यूष ई-पेपर थप

    अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

    अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution