Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बेथिति र विसङ्गतिविरूद्ध सिस्नुपानी मकवानपुरको हास्यव्यङ्ग्य

१३२५ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २२, शुक्रबार (२ साल अघि)
बेथिति र विसङ्गतिविरूद्ध सिस्नुपानी मकवानपुरको हास्यव्यङ्ग्य

मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य प्रस्तुतिसाथ ‘गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम २०८०’ सम्पन्न गरेको छ ।
हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको विशेष सहयोगमा बुधबार सञ्चालित सो कार्यक्रममा १ हजार बढी दर्शकहरूका बीचमा ९ प्रस्तुतिहरू रहेका थिए ।

कार्यक्रममा लगभग अन्त्य भैसकेको परम्पराअनुसार बिहेमा ‘खाँडो जगाउने’ कार्यको नक्कल गर्दै व्यङ्ग्य प्रस्तुत गरियो । जसमा सानोभाइ विश्वकर्मा, राजकुमार लामिछाने र सानुभाइ खनालको सहभागिता रहेको थियो । यो प्रस्तुति लगभग नेपालको सबैजसो विहेमा अन्त्य भैसकेकोमा पूरानो संस्कारमार्फत् नवीन विषयवस्तुलाई जीवन्त राख्नका लागि गरिएको सानोभाइ विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको दोस्रो प्रस्तुतिमा ‘गाईजात्रे संसद अभ्यास’ रह्यो । जसमा ‘सभामुर्ख’ को भूमिकामा डिबी बर्तौला, सत्तापक्ष/विपक्षका सांसद तथा मर्यादापालकको भूमिकामा कलाकारहरू चिरञ्जीवि लामिछाने, बैकुन्ठ लामिछाने, सुवास सजल, सानुभाइ विश्वकर्मा, देवराज तिवारी, रजनी पौडेल, सविता तिमल्सिना, मीनप्रसाद लामिछाने, संप्रस पौडेल आदि रहनु भयो । सत्तापक्ष र प्रतिपक्षका सांसदहरूका बीचमा राजनैतिक खिचातानी, आफ्ना स्वार्थका मुद्दाका विषय उठान भएको सो हास्यव्यङ्ग्यपूर्ण संसद अभ्यासमा राजनीतिक दलहरूले गर्ने गतिविधिप्रति कटाक्ष प्रयोग भएको थियो । यस्तो सो अभ्यासलाई सांसद गान ‘चौरासीमा के हो के हो, अहिल्यै खाइहालौं’ भन्ने बोलको गीतमा गहन खतिवडाले प्यारोडी गायन गर्नुभयो ।

तेस्रो प्रस्तुतिमा स्वस्तिका दाहालको प्यारोडी गीत, चौथो प्रस्तुतिमा धामी झाँक्रीको प्रहसन रहेको थियो । सो प्रहसनमा ‘गलाको सुन फुकालेर एयरपोर्टमा बुझाएका तर बाहिर आएपछि क्विन्टल सुन देखेर सात्तो गएका’ बिरामीलाई प्रमुख बनाएर ओमभक्त भण्डारी, मीनप्रसाद लामिछाने र सानुभाइ विश्वकर्माले क्रमशः झाँक्री, काका र भतिजको भूमिका निभाउनु भयो ।

पाँचौं प्रस्तुतिमा कवि/गायक पुरूषोत्तम आचार्यले वेतिथिमाथि कटाक्ष गर्दै ‘गिरीबन्धु हैन अब बन्धु मेरा भैसके, रोक्ने छेक्ने कानुनले नुन खाइसके’ प्यारोडी गायन गर्नुभयो । जसलाई रजनी पौडेल, चिरञ्जीवि लामिछाने, भवानी तिमल्सिना, मीनप्रसाद लामिछाने र संप्रस पौडेलले साथ दिनुभयो ।
छैठौं प्रस्तुति वरीष्ठ हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक आरसी रिजाल र संस्थाका वर्तमान अध्यक्ष राजकुमार लामिछानेको प्रस्तुतिले हास्यरस प्रस्तुत गरेको थियो भने अन्तिम प्रस्तुतिका रूपमा कलाकार/गायक आशाकाजी श्रेष्ठले हास्यव्यङ्ग्यका विषयवस्तु प्रस्तुत गर्नु भयो ।

कार्यक्रमका सम्पूर्ण साङ्गितिक क्रियाकलापमा प्रलय चौलागाईँ र सागर तिमल्सिनाको सहयोग रह्यो ।

औपचारिकताका नाममा आधाआधि समय आसन ग्रहणमैँ बित्ने हुँदा सिस्नुपानी मकवानपुर तथा नेपाली लेखक संघ आदि संस्थाहरूले वार्षिक क्यालेन्डरका केही कार्यक्रमहरूमा सबैजनालाई एकमुष्ठ आसन ग्रहण गराउने गर्दछ । यस्तो गर्नुको खास कारण अतिथि तथा दर्शकहरू आफ्नो अमूल्य समय छुट्याएर कार्यक्रममा आउनु भएकोमा त्यसलाई ध्यान नदिई कार्यक्रम सकिने समयसम्म आसन ग्रहणमार्फत् उठबस गराउने चलनलाई कम गर्दै लैजानुपर्ने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो । साथै उहाँले कार्यक्रम आयोजक सिस्नुपानी मकवानपुर भएता पनि यस कार्यक्रममा केही दिनदेखि निरन्तर समय दिएर भव्य बनाउन लागिपर्नु भएका विभिन्न साहित्यिक संस्थाहरूका कलाकारहरूको विशेष सहयोग रहेकोले कलाकार, साहित्यिक संस्था, टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरू, शिक्षक, निजामती, राजनीतिक व्यक्तित्व, पत्रकार सम्पूर्णलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष मीनप्रसाद लामिछानेले सिस्नुपानी नेपालको स्थापना नै वेथितिहरूलाई उजागर गर्दै हास्यव्यङ्ग्यमार्फत् समाज, राजनीति लगायतका क्षेत्रमा रहेका वेथितिको अन्त्य गर्नु रहेकोले जिल्ला शाखाले यस्ता कार्यक्रमहरू आयोजना गरिरहेको बताउनु भयो ।

४ नं. वडाका वडाध्यक्ष नवीन सिग्देलले साहित्य, कला, शिक्षा आदि कार्यक्रमहरू आयोजना गराई त्यसलाई नतिजाउन्मुख बनाउन स्थानीय सरकार लागि परेकोले आफू अध्यक्ष भएर आइसकेपछि विभिन्न कार्यक्रमहरू गरिरहेको बताउँदै कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । स्मरण रहोस् हेटौँडाका विभिन्न साहित्यक कार्यक्रम तथा शैक्षिक प्रदर्शनीहरूमा वडा नं. ४ को सक्रिय सहयोग रही आएको छ ।

हेटौँडा ४ स्थित रोयल प्यालेसमा आयोजित कार्यक्रम सिस्नुपानी मकवानपुरकी सदस्य अमृता लामिछानेले सहजीकरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution