Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

रासस ३३८ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ साल अघि)
सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

भरतपुर (चितवन), १९ भदौ ।

चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुवात गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरिएको हो ।

भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलालाई कौशी खेतीसम्बन्धी आधारभूत प्राविधिक ज्ञान र सीप दिलाउने उद्देश्यले तालिम आयोजना गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलियाले बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने तालिमको सोमबार शुभारम्भ गर्दै प्राडा थपलियाले सिकाइलाई व्यवहारमा उतार्न सके सहभागी महिलाको पारिवारिक स्वास्थ्य तथा पोषण र सहरी हरियालीमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले तालिम दिएपछि कौशीको निरीक्षण पनि गरिने बताउनुभयो ।

विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा कल्याणी मिश्र त्रिपाठीले आफूले उपभोग गर्ने तरकारी बजारबाट किनेर खान सक्नु गौरवको विषय नरहेको बताउनुभयो । “हामी बजारबाट तरकारीमात्र होइन, सँगसँगै विष पनि किनिरहेका हुन्छौँ, त्यसलाई कम गर्न पनि सहरी क्षेत्रमा कौशी खेतीको अपरियार्यता छ”, उहाँले भन्नुभयो ।

कृषि सङ्कायका डीन प्रा डा अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान कृषि सङ्कायका डीन प्रा डा होमबहादुर बस्नेत, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेल र युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाका राष्ट्रिय व्यवस्थापक डा केशवप्रसाद प्रेमीले सहरी क्षेत्रमा कौशी खेतीको महत्व, कौशी खेती सम्बन्धमा विश्वस्तरमा विकास भएका अनुकरणीय पद्धति तथा प्रविधिको विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँहरूले आगामी दिनमा यस सम्बन्धमा समुदाय र विश्वविद्यालयबीचको साझेदारी कायम रहनुपर्ने बताउनुभयो । निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा उक्त तालिमका संयोजक डा निराजन भट्टराईका अनुसार तालिममा भरतपुर महानगरपालिकाअन्तर्गतका नारायणगढ र भरतपुर क्षेत्रमा बसोबास गर्ने ३० जना गृहिणी महिलाको सहभागिता रहेको छ ।

“तालिममा कौशी खेतीको परिचय, स्थान छनोट, नर्सरी व्यवस्थापनका समस्या र समाधान, माटो व्यवस्थापन, मल र विषादीको असर, प्राङ्गरिक मलका स्रोत, माटो चढाउने, टेका र थाँक्रा दिने, गोडमेल छापो र मल्चिङ, काटछाँट, रोग कीरा व्यवस्थापन र आइपीएम विधि, बोकासी मल बनाउने विधि, घरेलु विषादी बनाउने विधि, इएम–२ बनाउने विधि, पोलीब्याग र प्रोब्यागमा माटो राख्ने विधिलगायत विषयबारे छलफल र सामूहिक अभ्यास गराइने छ”, निर्देशक भट्टराईले भन्नुभयो ।

तालिम अवधिभर कौशी खेती, बाली बिरुवाको एकीकृत रोग कीरा व्यवस्थापन, नर्सरी व्यवस्थापनलगायतका विषयमा लामो समय अनुभव सँगालेका प्रशिक्षक लेखनाथ पोख्रेल र तुलसा ज्ञवालीले सहजीकरण गर्ने भट्टराईले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

  • धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

  • ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

  • सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution