Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तीनधारे झरनाको विकासमा सरकारको सहयोग रहन्छ : प्रदेशमन्त्री लामा

रासस ४५६ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १७, आईतबार (२ साल अघि)
तीनधारे झरनाको विकासमा सरकारको सहयोग रहन्छ : प्रदेशमन्त्री लामा

धुलिखेल, १७ भदौ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र तीनधारे झरनाको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहने बताउनुभएको छ ।

शनिबार रोशी गाउँपालिका–२ को आयोजना तथा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रमका अवसरमा मन्त्री लामाले तीनधारे झरना पर्यटकीय दृष्टिकोणले प्राकृतिक सुन्दरता र कृषिका लागि महत्वपूर्ण क्षेत्र रहेकाले सरकारले सकेको सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।

काभ्रेपलाञ्चोक सङ्घीय राजधानी काठमाडौँबाट नजिक भएको र प्राकृतिक स्रोत भएको जिल्ला भएकाले प्राकृतिक स्रोत, सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको बताउनुभयो ।

“आम्दानीका स्रोत पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण छन्”, उहाँले भन्नुभयो, “कृषिमा पनि राम्रो उब्जनी हुने र किसानका लागि आम्दानी गर्न उब्जाउयुक्त जमिनसँगै सम्पदा र ऐतिहासिक एवं धार्मिकस्थल भएको जिल्ला पनि भएकाले महत्वपूर्ण रहेको छ ।”

झरना जाने सिँढी, रेलिङलगायत पक्की सडक निर्माण गर्नु स्थानीयको चाहना रहेको र जसले पर्यटकीय क्षेत्रको विकासका लागि सहयोग पुग्ने आशा रहेको कारण यही वर्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तीनधारे झरनासँगै नजिकै रहेको धार्मिकस्थल नमोबुद्धलाई पर्यटन प्रवद्र्धन गर्न सकेको खण्डमा पर्यटकलाई भित्र्याएर आम्दानीको स्रोतमा वृद्धि हुने आधार रहेको कारण सम्भावनालाई साकार पार्न सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सो क्रममा उहाँले बुद्धचित्त मालाले काभ्रेपलाञ्चोकका बासिन्दालाई दिएको आम्दानीको स्रोतसँगै प्राकृतिक झरनाले थप टेवा पु¥याएको र धार्मिकस्थल नमोबुद्धले अझ सम्भावना थपिदिएको कारण नागरिकलाई आम्दानी बढाउने कार्यमा प्रदेश सरकार साथमा रहेको बताउनुभयो ।

प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले तीनधारे झरना काभ्रेजिल्लाकै सम्पत्तिको रुपमा स्थापित भएको बताउनुभयो। त्यसकालागि यस क्षेत्रको अझ थप विकास गर्न सबै राजनीतिक दल र सामाजिक व्यक्तित्व हातेमालो गरेर विकासको काममा लाग्न आवश्यक रहेको बताउनुभयो ।

तेमाल, नमोबुद्ध, पनौती र पलाञ्चोक क्षेत्रको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउँदै झरना क्षेत्रमा सबैभन्दा लामो जीपलाई सञ्चालन गरेर पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा मन्त्री लामाले दाप्चादेखि फलामे साँघुदेखि काफलडाँडा तीनधारे झरनासम्म गरी दुई खण्डमा पक्की सडक निर्माणका लागि केही वर्षभित्रमा नै पूर्णता दिन आफू लाग्ने बताउनुभयो ।

उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले मुलुकले समृद्धि, आर्थिक विकास र जीवनस्तरमा सुधार ल्याउन पर्यटक पूर्वाधारको विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो । जसको एउटा नमुना तीनधारे झरनाको पर्यटकीय विकास प्रचुरमात्रमा रहेको पाएको कारण विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले प्राकृतिक पर्यटकीयस्थल तीनधारे झरनाको विकास प्रवद्र्धनका लागि स्रोत जडीबुटी लगायतको प्रवद्र्धन गरी आर्थिक उपार्जन गर्दै जनताको जीवनमा सुधार ल्याउन सकिने योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले अन्तरपालिकाको समन्वय बैठकबाट पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि गर्न सकिने सहकार्यमा हातेमालो गर्ने योजना बनाउन अगाडि बढ्ने बताउनुभयो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीको नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने खालको योजनालाई आर्थिक विकाससँगै जोडेर काम गर्ने योजनाका साथ अगाडि बढिरहेको बताउनुभयो ।

कृषि र पर्यटनलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसको लागि प्रदेश र सङ्घ सरकारबाट पनि सहयोग गर्न आग्रह गर्नुभयो । स्थानीय सार्कीमान तामाङले झरना जाने सिँढी, रेलिङको व्यवस्था, झरनाको संरक्षण गर्नुपर्ने तथा बञ्जीजम्प र जीपलाईनको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सो क्रममा मन्त्रीलगायत जिल्लाका पालिकाको जनप्रतिनिधिले तीनधारे झरनाको संयुक्त रुपमा अवलोकन भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution