Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख ३०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जुम्लाका किसान स्याउ टिप्न व्यस्त

रासस २६४ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
जुम्लाका किसान स्याउ टिप्न व्यस्त

जुम्ला, १५ भदौ ।
जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिनुभयो ।

“पाकेको स्याउ किन्न किसानको बगैँचामा पुगेर खरिद गरेका छौँ”, स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भन्नुभयो, “स्याउको गुणस्तरीयता हेरेर मूल्य निर्धारण गरिएको छ ।” उहाँका अनुसार अहिले किसानको बगैँचाबाट प्रतिकेजी रू ५० मा स्याउ खरिद गर्ने गरिएको छ ।

करिब ७० क्विन्टल स्याउ खरिद गरी सुर्खेत बिक्री गर्न लगिएको तिरुवाको भनाइ थियो । “स्थानीय र गोल्डेन जातका स्याउ लगाएको छु । घरमै प्रतिकेजी रू ५० मा बिक्री सुरु गरेका छौँ”, किसान गोरीकला रोकायाले भन्नुभयो, “गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लगेर बिक्री गर्ने गरेका छन् ।”

जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले दुवै जातका स्याउ मिलाएर व्यापारीले लिने गरेको यहाँका किसान बताउँछन् ।

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भयो, कति प्रतिशत बाहिर निर्यात भयोलगायत विवरण सङ्कलन गर्ने जिम्मा नाग्म प्रहरी चौकीलाई दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भदौको अन्तिम सातामा जिल्लामा कूल उत्पादन भएको र निर्यात गरिएको तथ्याङ्क सार्वजनिक गरिने छ । गत वर्षभन्दा यस वर्ष ४० प्रतिशतले स्याउ उत्पादन घटेको अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ थियो ।

जिल्लाका आठवटै स्थानीय तहमा जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।

साउनमा काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए । परियोजना कार्यान्वयन एकाइका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् ।

चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुगे गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • रारामा पर्यटकीय पूर्वाधारमा लगानी  गर्न माग

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

  • राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी  गर्न माग

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution