Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रोजगारी सिर्जना गर्नुनै सरकारको मुख्य काम : मुख्यमन्त्री जम्कट्टेल

२५६ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ५, मंगलबार (२ साल अघि)
रोजगारी सिर्जना गर्नुनै सरकारको मुख्य काम : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।  प्रदेश श्रम तथा रोजगार नीति, २०८० सार्वजनिक गर्दै उहाँले संविधानको मर्ममा रहेर प्रदेश श्रम तथा रोजगार नीति तयार पारिएको बताउनु भएको हो ।

“श्रमको अधिकार प्रदेशमा खासै छैन तर पनि भएको अधिकारलाई प्रयोग गर्न नीति बनाइएको हो”, उहाँले भन्नुभयो । प्रदेश सरकारले समुदायमा आधारित कृषिको मोडेलमा रहेर १४ वटा पकेट क्षेत्र बनाई २० हजार किसान समेट्ने उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले गृहिणी महिलालाई पनि श्रममा जोडेर लैजाने सरकारको नीति रहेको बताउनुभयो । त्यस्तै, युवा क्षमता विकासका कार्यक्रम र दक्ष जनशक्ति बनाई वैदेशिक रोजगारका लागि सक्षम बनाउन सरकार लागी पर्ने उहाँको भनाइ थियो ।

उहाँले आवश्यक ऐन कानून बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सुरक्षा कोषमा सबै अनौपचारिक श्रमिक र औपचारिक श्रमिकलाई समेट्ने बताउनुभयो । “श्रम ऐन लचिलो हुनुपर्छ, तर अहिले त्यस्तो छैन ऐनमा केही विवादित अवस्था पनि छ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । श्रम र रोजगार मात्र नभई प्रदेश सरकारले यातायात क्षेत्रलाई पनि व्यवस्थित बनाउने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले श्रम बजार र श्रमिकलाई बलियो बनाउन नीतिले भूमिका खेल्ने बताउनुभयो । सीप विकासको क्षमता बढाउनुका साथै विश्व बजारमा श्रमिकलाई प्रतिस्पर्धी बनाउन नीतिले महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो । उहाँले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन थप कार्यालय विस्तार गरिनुका साथै सूचना प्रविधिमैत्री बनाइने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

  • लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

  • सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २६ गते बिहिबार

    २०८२ भाद्र २६ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution