Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड

रासस २५२ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ४, सोमबार (२ साल अघि)
Post Thumbnail

काठमाडौँ, ४ भदौ 
प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्लाष्टिजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले प्लाष्टिकजन्य सामग्रीको प्रयोग गर्ने बानी व्यवहारमा सुधार गर्नुपर्ने जोड दिनुभयो ।
उहाँहरुले प्लाष्टिकका सामग्रीको पुनः प्रयोग तथा पुनः प्रशोधनका लागि ‘प्लाष्टिक विनिमय बैंक’ सञ्चालन गर्नुपर्ने, प्लाष्टिकको कम प्रयोग गर्ने, पर्यटकीयस्थलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिइएको थियो ।
प्लाष्टिकबाट बनेका सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा स्थानीय तहमार्फत जनचेतना फैलाउनुपर्ने, सहरी क्षेत्रमा प्लाष्टिकका सामग्रीको विकल्पमा अन्य वस्तुको प्रयोग गर्नुपर्ने उहाँहरुको सुझाव थियो ।
समितिका सभापति प्रकाश पन्तले प्लाष्टिकबाट बनेका सामग्रीले मानव समुदाय तथा वातावरणमा पारेका प्रभाव न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रका सरोकारवालालाई नीतिको मस्यौदा तयार गरेर ल्याउन आग्रह गर्नुभयो ।
सोह्रौँ पञ्चवर्षीय योजनामा प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट सिर्जित दुष्प्रभाव र प्रयोगमा कमी ल्याउने नीति समेट्नुपर्नेमा जोड दिँदै उहाँले नीति तर्जुमाका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण मन्त्रालय र निजी क्षेत्रसँग छलफल गर्न सकिने बताउनुभयो ।
समिति सदस्य बिमला घिमिरेले स्थानीय तहलाई जिम्मेवार बनाएर प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो । प्लाष्टिकका सामग्रीको पुनः प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
अर्का सदस्य भुवनबहादुर सुनारले प्लाष्टिकजन्य सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा बेलैमा सोच्नुपर्ने बताउनुभयो । प्लाष्टिकको अन्दाधुन्ध प्रयोगबाट निम्तिएको दुष्प्रभाव न्यूनीकरण गनै सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
 सदस्य कमला पन्थले प्लाष्टिकजन्य सामग्रीको प्रयोग अनिवार्य जस्तै भए पनि यसको प्रयोग घटाउने, पुनः प्रयोग र प्रशोधन गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा नेपालमा प्लाष्टिक व्यवस्थापनसम्बन्धी नीति विषयको प्रस्तुति गर्दै पूर्वसचिव डा विश्वनाथ ओलीले प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र प्रशोधनलाई बढवा दिँदै चक्रीय अर्थतन्त्र प्रवद्र्धन गर्ने नीति बनाइनुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्लाष्टिकको प्रयोग घटाउने, पुनःप्रयोगलाई बढवा दिने, प्रशोधन गर्ने, प्लाष्टिकजन्य फोहरको सुरक्षित विसर्जन गर्ने, यसको प्रयोग र प्रभावसम्बन्धी जनचेतना, प्रचारप्रसार र क्षमता विकासका काम गर्नुपर्ने बताउनुभयो ।
नेपालमा सन् १९५० देखि प्लाष्टिकको प्रयोग बढ्दै गएको पाइन्छ । प्लाष्टिकको झोला मात्र नभइ इलेक्ट्रोनिक्स/इलेक्ट्रिकल सामग्री, भाँडाकुँडा, बोतल, पाइप, ड्रम, खेलौना, फर्निचरलगायत क्षेत्रमा यसको व्यापक प्रयोग हुँदै आएको छ । पूर्वसचिव ओलीले सन् १९५० मा विश्वभर २० लाख टन प्लाष्टिक उत्पादन भएकामा सन् २०१८ सम्म ४१ करोड टन प्लाष्टिक उत्पादन भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
मावन जीवनको अभिन्न अङ्ग बनिसकेको प्लाष्टिकको बजार सन् २०२१ मा छ सय खर्ब अमेरिकी डलर रहेको उहाँको भनाइ छ । नेपालमा प्रतिदिन करिब चार हजार नौ सय टन फोहर उत्पादन हुने गरेकामा प्लाष्टिकको हिस्सा १३ प्रतिशत रहेको छ ।
नेपालमा प्रतिवर्ष झण्डै एक लाख ६५ हजार टन प्लाष्टिकका सामग्री उत्पादन हुने गरेका छन् । बैठकमा सन् २०२१ मा नेपालमा करिब ६३ करोड अमेरिकी डलर बराबरको प्लाष्टिकजन्य वस्तुको आयात तथा ८६ लाख अमेरिकी डलर बराबरको निर्यात हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

  • धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

  • ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

  • सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution