Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

रासस ४१५ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ४, सोमबार (२ साल अघि)
दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

काठमाडौँ, ४ भदौ
काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो ।

महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गत साउन २६ गते सूचना जारी गरी जथाभावी रुपमा सञ्चालित काउन्टर हटाउने निर्णय गरिएको जनाउँदै दर्ता नभएका काउण्टर भदौ १ देखि हटाउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कोटेश्वरमा ४१, गौशालामा २७, चावहिलमा २१ र गोँगबु क्षेत्रमा ११ काउण्टर हटाइएको छ ।

कलङ्की र बल्खु क्षेत्रमा पनि दर्ता नभएका काउन्टर हटाउन सुरु गरिएको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । महानगर प्रहरीले चावहिलमा अनाधिकृत रुपमा निर्माण गरिएका १० काउण्टर डोजर लगाएर भत्काएको जनाएको छ ।

उपत्यकाबाट बाहिर सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनका लागि तोकिएको मापदण्डअनुरुप व्यावसायिक ठेगानासहित सम्बन्धित वडा कार्यालयमा बुकिङ कार्यालय अनिवार्य दर्ता गर्न महानगरले सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

टिकट बुकिङ कार्यालय सडक चोकको एक सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयअन्तर्गत मुख्य कार्यालय गोँगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्यरुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र बाफलसम्म कुनै पनि कार्यालय खोल्न नपाउने महानगरपालिकाले जनाएको छ ।

यस्तै, बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको बोर्ड राख्नुपर्ने, टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता पार्किङ, शौचालय, पानी, बत्ती बस्ने लगायत व्यवस्था हुनुपर्ने, कार्यालयका कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, कर्मचारीले पोसाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्ने लगायत व्यवस्था गरेको छ ।

यसअघि महानगरले काठमाडौंँभित्र जथाभावी रुपमा टिकट बुकिङ कार्यालय खोल्ने तथा सडकमा यात्रुलाई चढाउने सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार अहिले अधिकांश सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

  • Post Thumbnail

    चितवनमा ज्येष्ठ नागरिकका लागि आवास केन्द्र सञ्चालन

  • स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

  • भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १२ गते शनिबार

    २०८२ पुस १२ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    Post Thumbnail

    चितवनमा ज्येष्ठ नागरिकका लागि आवास केन्द्र सञ्चालन

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution