Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २२, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण : अध्ययन

रासस ३३६ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १, शुक्रबार (१ साल अघि)
नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण : अध्ययन

नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए ।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ किओचको संयोजनमा भएको छलफलमा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान् कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा हुने मृत्युको तथ्याङ्क प्रस्तुत गर्दै नसर्ने रोग भयावह बन्दै गएको बताउनुभयो ।
अहिले नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण हुने गरेको छ भन्दै उहाँले यस्ता रोग नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीका रूपमा आएको आँैल्याउनुभयो । ‘पेनप्लस’ कार्यक्रम प्रभावकारी ढङ्गले अगाडि बढे आगामी पाँचदेखि १० वर्षमा मृत्युदर धेरै घटाउन सकिने डा कोइरालाको भनाइ थियो । रोगको पहिचान नभई अकालमा हुने मृत्यु रोक्न यो कार्यक्रम प्रभावकारी बन्ने उहाँले जनाउनुभयो ।
“रोगको पहिचान भयो भने उपचार तथा व्यवस्थापन हुनेछ र यसबाट अकाल मृत्यु टार्न सकिन्छ”, डा। कोइरालाले भन्नुभयो, “आर्थिकरूपमा कमजोर रहेर स्वास्थ्योपचार गराउन नसकेका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने, औषधि उपलब्ध गराउने र थप उपचार गराउनुपर्ने अवस्थामा पनिसहयोग मिल्ने छ ।”
उहाँका अनुसार दमकमा उपचार हुन नसके वा थप जाँच गर्नुपर्ने अवस्था भएमा यहाँबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न लागिएको छ । यसका लागि प्रारम्भिक चरणको सम्झौता भइसकेकाले एकजना सम्पर्क व्यक्तिसमेत राखिने छ ।
छलफलमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा डा सञ्जीव शर्माले ‘पेनप्लस’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदा मानिसको अकाल मृत्युलाई रोक्न सकिने जानकारी दिनुभयो । उहाँले दमकबाट रेफर भएर गएका बिरामीको जाँच तथा उपचारका लागि आवश्यक प्रबन्ध मिलाइने प्रतिबद्धता पनि जनाउनुभयो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत पेनप्लस कार्यक्रमका प्रमुख फणीन्द्रप्रसाद बरालले दमक र बर्दियामा नमूनाको रूपमा यो कार्यक्रम सुरु भइसकेको जानकारी गराउनुभयो । यो अहिले नमूना परियोजनाको रूपमा दमकसहित सीमित ठाउँमा रहे पनि यसलाई विस्तार गरिँदै लैजाने उहाँको भनाइ थियो।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख रेगिना भट्टराईले मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सरजस्ता नसर्ने रोगको अनुसन्धानात्मक उपचारका लागि दमक अस्पतालमा कार्यक्रम सञ्चालन भइरहेकाले यसबाट लाभ लिन छिमेकी पालिकाका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मोरङ, उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, इलाम, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, झापा, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजनकुमारी न्यौपानेलगायतले विलासी जीवनशैलीका कारण नसर्ने रोगको प्रकोप बढिरहेकाले यसका लागि सहकार्य गर्न आफूहरु तयार रहेको स्पष्ट पार्नुभयो ।
‘पेनप्लस’ कार्यक्रमअन्तर्गत नसर्ने रोगका मुख्यगरी मुटु, मधुमेह, श्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता बिरामीको परीक्षण, उपचार र औषधिलगायतको सेवाबारे उक्त नगरपालिकासहित आसपासका पालिका प्रमुख तथा प्रतिनिधिबीच छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution