Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम

प्रत्यूष ४४५ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३०, मंगलबार (२ साल अघि)
बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम

काठमाडौँ, ३० साउन 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुन लगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो ।

तर आज उक्त सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलोे सात सय १६ ग्राम कायम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाँग्रे सवारीको पार्टस् ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गल क्षेत्रबाट बरामद गरेको थियो ।

“हामीले बरामद सुन आज गालिसकेपछि धेरै ठूलो जर्ती गएन । वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ”, उहाँले भन्नुभयो, “सामान्य रुपले हेर्दा राम्रो गुणस्तरकै सुनजस्तो देखिन्छ । तर वास्तविक गुणस्तर परीक्षण तीन दिनभित्र गरिसक्छौँ ।”

राष्ट्र बैंकले सुन गालिसके पनि यो प्रकरणको छानबिन प्रक्रिया भने सकिसकेको छैन । गालीसकेको सुन अब के हुन्छ भन्ने विषयमा सरकारले नै निर्णय लिने आचार्यको भनाइ छ । जुनसुकै अवैध सामग्री बरामद भएपछि त्यो स्वतः सरकारको स्वामित्वमा जान्छ र त्यस्तो सामग्री के गर्ने भन्ने विषयमा सरकारले नै निर्णय लिन्छ ।

सामान्यतः बरामद सुनको तौल र गुणस्तर परीक्षणपछि अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशत थप रकम तिरेर सरकारसँग राष्ट्र बैंकले किन्ने गरेको छ। सुन तस्करीबारे अनुसन्धान जारी छ । सो सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution