Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाल आरोहण खेल सङ्घको अध्यक्षमा हरि धरेल

रासस ७०७ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण २८, आईतबार (२ साल अघि)
नेपाल आरोहण खेल सङ्घको अध्यक्षमा हरि धरेल

काठमाडौँ, २८ साउन
नेपाल आरोहण खेल सङ्घको छैटौँ अधिवेशनले अध्यक्ष हरि धरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सङ्घको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षमा सुनारबहादुर गुरुङ, मनोनीत उपाध्यक्षमा ल्हाक्पा शेर्पा, महासचिवमा सन्तोष मादेन, सचिवमा सुजित कँडेल, सचिवमा सञ्जीव गुरुङ, कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो र सह(कोषाध्यक्षमा प्रणीलमान श्रेष्ठलाई निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्रराज दाहाल, मनराज शिंखडा, राजेश धरेल, मञ्जु गिरी, शिवबहादुर सापकोटा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोविन्द भट्टराई र उपसल्लाहकार पि।एन अधिकारी मनोनीत गरेको छ । नवनिर्वाचित कार्यसमितिका सदस्यलाई राष्ट्रिय खेलकुद परिषद् राखेप का पूर्वसदस्य-सचिव जीवनराम श्रेष्ठले खादा तथा अबिर लगाएर शुभकामना दिनुभएको थियो ।

अधिवेशन उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले खेलाडी राष्ट्रका गौरव र गहना भएकाले उनीहरुलाई पालिकाबाट प्रोत्साहन गरिने बताउनुभयो । उहाँले टोखा नगर क्षेत्रमा आरोहण पर्यटनको प्रवर्द्धनका लागि आवश्यक जग्गा उपलब्ध गराई अन्तर्राष्ट्रिय स्तरमा खेल पर्यटनको गन्तव्यस्थल बनाउन पहल गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालमा खेल पर्यटनको प्रशस्त सम्भावावना रहेकाले यसको विकास र विस्तारमा राज्यले जोड दिनुपर्ने बताउनुभयो । माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालका गोविन्द भट्टराईले खेल पर्यटनले प्रकृति र संस्कृतिलाई पनि जोड्ने हुँदा दिगो पर्यटन विकासका लागि राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

राखेपका बोर्ड सदस्य प्रकाशकुमार कुसारीले विद्यालय र विश्वविद्यालयस्तरबाटै खेलाडी उत्पादनमा जोड दिन लागिएको र बैंक तथा वित्तीय संस्था एवं सङ्गठिन संस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व अन्तर्गत खेल क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गरिएको बताउनुभयो ।

सङ्घका अध्यक्ष धरेलले आरोहण खेल लगायत विभिन्न साहसिक खेलको माध्यमबाट नेपालले ठूलो सङ्ख्यामा विदेशी पर्यटन भित्र्याउन सक्ने सम्भावना रहेकाले खेल पर्यटनलाई राज्यले ध्यान दिनुपर्ने बताउँदै आगामी दिनमा सङ्घले यसतर्फ रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । सन् २०१२ मा स्थापित नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनअन्तर्गत सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशमा समिति विस्तार भएको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

  • सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

  • सुनचाँदीको मूल्य बढेकोबढ्यै

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

  • क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २ गते बुधबार

    २०८२ पुस २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution