Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ– उपाध्यक्ष डा श्रेष्ठ

रासस ७७७ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १५, सोमबार (२ साल अघि)
योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ– उपाध्यक्ष डा श्रेष्ठ

संसदीय समितिका सदस्यहरूले सुशासन र सेवा प्रवाहका क्षेत्रलाई प्रभावकारी तुल्याउन स्रोतको वितरणमा सन्तुलन नदेखिएको गुनासो गर्नुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँहरुले आवश्यकताभन्दा पहुँचका आधारमा योजना छनोट र बजेट विनियोजन हुँदा उपलब्धि हासिल हुन चुनौती खडा गरेको तर्क प्रस्तुत गर्नुभयो ।

समिति सदस्य गोपी आच्छामीले नीति तथा कार्यक्रम र बजेटमा राजनीतिक दृष्टि आउन नसेको मात्र नभई विचौलीयाको स्वार्थमा आयोजना र बजेट तय हुने गरेको विचार प्रकट गर्नुभयो । राजनीतिक उद्देश्य प्राप्तिपछि विकास र समृद्धिका लागि कृषि, पर्यटन, जडीबुटी र जलस्रोत क्षेत्रको दीर्घकालीन विकासमा राजनीतिक दलबीच राष्ट्रिय बहस हुनपर्नेमा त्यो नदेखिएको उहाँको भनाइ थियोे ।

सदस्य अच्छामीले भन्नुभयो, “अहिले निर्माणको आवश्यकता भनेको मन्दिर र भ्यूटावर होकि विद्यालय रु” सदस्य शेखर सिहले योजना आयोगबाट आयोजना छनोट गर्दा आवश्यकताका आधारमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष भएर काम गर्न नसक्दा मुलुक खाद्यन्नमा समेत आत्मनिर्भर हुन नसकेको उदाहरण प्रस्तुत गर्नुभयो ।

सभापति दिलकुमारी रावलले आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट र बजेट विनियोजन नहुँदा विसकामा भन्दा विनाशमै राष्ट्रिय ढुकुटी खेर गएको धारणा व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो, “हामीले छनोट गरेको योजना हुन् वा आयोजना हुन् प्राथमिकीकरण मिलेन, स्थानीयवासीको सहभागिता जुटाउन नसकिएको आयोजनाले दीर्घ जीवन प्राप्त गर्छ भन्नेमा प्रश्न उठन सक्छ ।”

यसअघि बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले नेपालको आवधिक योजना र विकासको अवस्थाबारे चर्चा गर्दै आयोजनाबाट पीडित र लाभान्वितबाट प्रस्तुत हुने माग र अवरोध चुनौतीकारुपमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजेटभन्दा बाहिर आफूखुसी कार्यक्रम सञ्चालन गर्ने, कन्सलटेन्सी, गोष्ठी र भ्रमणमा ठूलो रकम खर्च गर्ने विकास साझेदारको गलत शैली छ ।” मिश्रित, उदार समाजवादउन्मुख अर्थतन्त्रजस्ता विकासको ढाँचा अभाव र अस्पष्टता पनि योजना कार्यान्वयको चुनौतीकारुपमा रहेको बताउँदै उहाँले वैदेशिक लगानी अत्यन्त न्यून भएकाले पनि असर पारेको उल्लेख गर्नुभयो ।

योजना र कार्यक्रम, बजेट र कार्यक्रम, बजेट र कार्यान्वयनबीच खाडल रहेको तथा राजनीतिक अस्थिरता, कमजोर कर्मचारीतन्त्र, जटिल ऐन, नियम तथा प्रक्रिया र निजी क्षेत्रको प्रतिस्पधात्मक तथा उद्यमशीलताको अभाव पनि योजना कार्यान्वयनका मुख्य कारक भएको उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution