Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २७, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको ‘टुथपिक’ आयात

रासस ६२५ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १३, शनिबार (२ साल अघि)
गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको ‘टुथपिक’ आयात

भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तु समेत ठूलो मात्रामा आयात भएको देखिएको छ। पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्का (टुथपिक) आयात भएको छ।

विभागका अनुसार गत आर्थिक वर्षमा एक करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्का आयात भएको छ। बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट आउँछ। त्यस्तै करिब  एक करोड रुपैयाँ बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गत आवमा दुई करोड पाँच लाख ४९ हजार मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ।

दुई करोडको सियो र सेफ्टी पिन आयात

विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमादुई करोडभन्दा बढी रकम बाहिरिएको छ। गत आवमा एक करोड ७३ लाख ९१ हजार रुपैयाँको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात

विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिला आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ। सार्वजनिक विवरणअनुसार गत आवमा एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएको छ।

एक वर्षमा रु एक अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रुु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ। विभागका अनुसार गत आवमा १५ करोड ८५ लाख रुपैयाँ बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

  • थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

    थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

  • बाँकेमा चिसोले मर्न थाले मौरी

    बाँकेमा चिसोले मर्न थाले मौरी

  • दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २५ गते शुक्रबार

    २०८२ पुस २५ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

    थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

    बाँकेमा चिसोले मर्न थाले मौरी

    बाँकेमा चिसोले मर्न थाले मौरी

    दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution