Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक

प्रत्यूष ६१७ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ११, बिहिबार (२ साल अघि)
‘नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक

राष्ट्रिय तथ्याड्क कार्यालयले विसं १९६८ देखि २०७८ सालसम्म नेपालमा सञ्चालित जनगणनाका विविध पक्ष समेटेर “नेपालमा जनगणना” नामक पुस्तक सार्वजनिक गरेको छ ।

जनगणनाका विभिन्न प्रकाशन प्रकाशन गर्ने क्रममा यो पुस्तक प्रकाशन गरिएको हो । विसं १९६८ देखि २०७८ सालसम्म सञ्चालित जनगणनाका गणना प्रकिया, अवधारणा तथा परिभाषा, विशेषता, जनगणनाको समयमा सोधिएका प्रश्नहरु र नतिजा लगायतका विभिन्न विषय समेटेर यो विशेष पुस्तक प्रकाशन गरिएको कार्यालयका निर्देशक एवं सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागका पूर्व महानिर्देशक तुङ् शिरोमणि बाँस्तोलाले यो पुस्तक लेख्नुभएको हो । विसं १९६८ मा भएको पहिलो जनगणनादेखि विसं २०७८ मा भएको बाह्रौँं राष्ट्रिय जनगणनाका बारेमा विस्तृत रुपमा यस पुस्तकमा लेखिएको छ ।

यो पुस्तक सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार, नीति निर्माता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी लगायत सबैलाई उपयोगी हुने राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक घिमिरेले बताउनुभयो । नेपालमा विसं १९६८ देखि जनगणना सुरु गरिएको हो ।

विसं २००९÷११ मा सञ्चालित पाँचौँ जनगणनालाई वैज्ञानिक विधिबाट सञ्चालित पहिलो जनगणना मानिन्छ । बाह्रौंँ राष्ट्रिय जनगणना विसं २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म अक्सर बसोबासको अवधारणामा सञ्चालन भएको थियो । कोभिड– १९ महामारीका कारण २०७८ जेठ, असारमा सञ्चालन हुन नसक्दा कात्तिक मङ्सिरमा जनगणना गरिएको थियो । यस जनगणनामा मङ्सिर ९ गतेलाई जनगणना दिवसको रुपमा लिइएको छ । यस जनगणनाको अन्तिम प्रतिवेदन २०७९ चैत १० मा सार्वजनिक गरिएको छ ।

जनगणनाको अन्तिम नतिजा अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ । यसमा पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको सङ्ख्या एक करोड ४९ लाख एघार हजार २७ रहेको छ ।

विसं १९६८ को पहिलो जनगणना अनुसार नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार सात सय ४९ रहेको थियो । पुस्तकमा दुई सय ४२ पृष्ठ छ । पुस्तक निःशुल्क वितरण गरिने कार्यालयले जनाएको छ । कार्यालयको वेबसाइटमा पनि पुस्तक पढ्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

  • भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution