Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठका ३५ सहित धादिङका ३८ जनामा डेंगु संक्रमण

प्रत्यूष ७१५ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ९, मंगलबार (२ साल अघि)
नीलकण्ठका ३५ सहित धादिङका ३८ जनामा डेंगु संक्रमण

धादिङ,
आज मंगलबार पनि धादिङका ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ३५ जना, ज्वालामुखी गाउँपालिकाका २ जना र खनियाबास गाउँपालिकाका १ जना गरी ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमति मध्ये २२ जना पुरुष र १६ जना महिला रहेका छन् ।

साउन १ गते देखि जिल्लामा संक्रमित हुनेको संख्या २३५ पुगेको छ। जसमा १३० जना पुरुष र १०५ जना महिला रहेका छन्। कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकाका मात्रै २२१ जना रहेका छन् ।

त्यसैगरी जिल्लाको ज्वालामुखी गाउँपालिकामा ५ जना, गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिकामा २÷२ जना, बेनीघाट रोराङ, त्रिपुरासुन्दरी, गंगाजमुना, खनियाबास र रुवी भ्याली गाउँपालिकामा १÷१ जना संक्रमित भएकास छन्।

धुनीबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकामा भने डेँगु संक्रमितको संख्या शून्य रहेको छ ।
जिल्ला अस्पताल धादिङले अस्पतालका बेड, डेंगुका बिरामीले भरिएको जनाएको छ । पछिल्लो केहि दिन यता डेंगुको बिरामीको चाप बढ्दा अस्पतालका बेडहरु भरिएको अस्पतालले जनाएको हो ।

साउन महिनासँगै भदौ र असोजमा डेङ्गुको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान रहेको छ । डेङगु लामखुट्टेबाट सर्ने रोग हो । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु लाग्छ।

लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

  • निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution