
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। मुख्य कार्यालय सानेपामा हिजोबाट सुरु भएको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ।
आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। बैठकको पहिलो दिन हिजो महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिका प्रस्तुत गरेका थिए।
यसैगरी निर्वाचन समिति संयोजक गोपालमान श्रेष्ठ र अनुशासन समिति संयोजक आनन्द ढुंगानाले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा पार्टीका प्रमुख सचेतक रमेश लेखकले संसद्मा पार्टीको प्रस्तुति र मन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे ब्रिफिङ गरेका थिए।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |