Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २९, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हेटौंडा नजिकै शितल पदयात्राको उपयुक्त गन्तब्य ‘पालुङ–आग्रा पदयात्रा’

प्रत्यूष ९८१ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २५, सोमबार (२ साल अघि)
हेटौंडा नजिकै शितल पदयात्राको उपयुक्त गन्तब्य ‘पालुङ–आग्रा पदयात्रा’

राज कुमार के.सी.

हेटौंडा, २५ असार ।  केही हप्ता अगाडि हेटौंडामा गर्मी निकै बढ्यो । गर्मीका कारण हेटौंडाका बिद्यालयहरु एक हप्ताको लागि सार्वजनिक बिदा नै दिईयो । गर्मीका कारण हेटौंडाका जनजीवन अस्तब्यस्त बन्न पुग्यो । ऐले पनि हेटौंडाको गर्मी केही कम भएको मात्रै हो । गर्मीले सताउन छोडेको छैन । गर्मी छल्न हेटौंडा र हेटौंडा आसपासमा ब्यक्तिहरु यताउता भौतारिएको देखिन्छ । कोही स्वीमिङ पुल तिर भने कोही भैंसै त्रिखण्डी मन्दिर आसपास खोला तिर । ‘पानीमा डुबुनजेल त ठिकै छ, पानीबाट निस्केपछि उस्तै ’, हेटौंडाका राजेश थापा बताउनुहुन्छ । गर्मीबाट एकदिन भएपनि छुटकारा लिन र पर्यटकीय क्षेत्रको आनन्द लिन नयाँ पदयात्राको गन्तब्य हुनसक्छ ‘पालुङ–आग्रा पदमार्ग’ ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट बाईरोडको बाटो भैंसे, सिमभञ्ज्याङ, दामन हुँदै करिव ६५ किलोमिटरको दुरीमा थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ । करिव २ घण्टा ३० मिनेटमा हेटौंडको बुद्धचोकबाट सवारीसाधन मार्फत शिखरकोट पुग्न सकिन्छ । शिखरकोट ओर्लेपछि सुरु हुन्छ ‘पालुङ–आग्रा पदमार्ग’ । यस पदयात्राकोे शुरुवात साविक दामन गाउँ विकास समितिको शिखरकोटमा रहेको थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको शालिक भएको स्थानबाट हुने भएपनि अधिकांश भू–भाग पालुङ र आग्रा क्षेत्रमा पर्ने भएकोले यो रुटको नामै ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ भनिएको हो । पदयात्रा ऐतिहाँसिक गोपाली गाउँ, डाँडागाउँको गोरखनाथ धाम, बिष्वको तीन शंखमुल मध्येको एक शंखमुल, थाहा २ मा रहेको पाण्डुकेश्वर मन्दिर, फाँटबजारको पाथीभरा मन्दिर, डाँडामुखको पालुङगढी, भकारीढुँगा र यो पदमार्गको सबैभन्दा अग्लो स्थान केशरी भञ्ज्याङ, मान्द्रो गुफा हँुदै उनिउ चौरमा पुगिन्छ । ठुलो हरियो फाँट झै देखिने यो चौर, कहिले हुस्सुले ढाक्ने कहिले खुल्ला हुने मौसम, मौसम खुल्ला हुँदा चौरबाट दन्तलहर जस्तै मिलेका बिभिन्न हिमश्रृङ्खलाहरु छर्लङ्गै देखिने उनिउचौरको बिशेषता हो ।

यो यात्रामा ऐतिहाँसिक क्षेत्रहरुको अध्ययन अवलोकन, धार्मिक क्षेत्रहरुको दर्शन, परम्परागत बस्तीहरुको अवलोकन, होम स्टेको टिपिकल खाना, स्थानीयहरुको न्यानो आतिथ्यसत्कार, प्राकृतिक सौन्दर्यको अवलोकन, स्थानीयहरुको सांस्कृतिक जीवनको अध्ययन, करिव २४५० मिटर उचाईसम्मको सहासिक यात्रा गरी करिब १६ किलो मिटरको यात्रा हुने भएकोले अन्य पदयात्रामा भन्दा यहाँ फरक अनुभब र आनन्द प्राप्त हुन्छ । र यात्राको क्रममा हुने परिवर्तित मौसम यहाँको अर्को विशेषता हो । करिब ४ घण्टामा पुराहुने यो पैदल यात्रामा मृग, स्याल, कालिज, काँडेभ्याकुर लगायत जनावर र चराचुरुङ्गीहरुलाई नजिकैबाट अवलोकन समेत गर्न सकिन्छ । पर्यटकीय दृष्टिकोणले थाहानगर अत्यन्तै सम्भावना भएको क्षेत्र हो । थाहा नगर बिशेषतः कृषि, पर्यटन र धार्मिक दृष्टिले अत्यन्तै सम्भावना भएको स्थान हो । जताततै गर्मीले सताएको बेलामा पनि थाहा नगरमा ज्याकेट नै लगाउन पर्ने हुन्छ । राती सुत्नेबेला सिरक ओड्नै पर्छ । थाहा नगरको अर्को महत्वपूर्ण विशेषता भनेको कृषि पर्यटन पनि हो । बेमौसमी तरकारी खेतीका लागि ख्याति कमाएको थाहा नगरमा पौषदेखि फागुनसम्म तरकारी खेती हुँदैन तर बाँकी रहेको आठ महिना फाँटैभरी हरियाली देखिन्छ । बिभिन्न किसिमका तरकारी उत्पादन हुन्छ । यी तरकारी उत्पादन गर्ने कृषकहरुसंगको साक्षातकार पनि यो पदयात्राको अर्को महत्वपूर्ण पक्ष हो । ‘पालुङ–आग्रा पदमार्ग’ मा तामाङ संस्कृति पनि भेट्टाइन्छ । यो पदयात्राको अधिकांश समय जंगलको यात्रा भएकोले विभिन्न वनस्पती र चराचुरुङ्गीको आवाजसंगै यात्रा गर्दा जो कोही पनि रमाईलो र आनन्दको महशुस गर्दछन् । डाँडैडाँडाको यात्रामा खुलेको पालुङ फाँट र झुरुप्प परेको वस्ती, मौलिक परम्पराको अवलोकन गर्दै घुमफिर गर्दा निकै रमाइलो हुन्छ । उनिउ चौरबाट नजिकै डाँडाबास बजार छ । सो बजारबाट शिखरकोट आउन सवारी साधन प्रयोग गर्न सकिन्छ ।

यही ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ मा गत असार २३ गते शनिबार काठमाण्डौका युवाहरु सहित करिब ६० जनाको सहभागितामा पहिलोपटक पैदल यात्रा सम्पन्न भयो । एकदिनमा राजधानी नजिकैको पदयात्रामा ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ अत्यन्तै उपयुक्त भएको पैदलयात्रीहरुको भनाई रहेको छ । काठमाण्डौं आएका पदयात्री आशिस अधिकारीले यो पदयात्रा सोचेभन्दा निकै रमाईले भएको बताउनुभयो । उहाँले एकदिनमा प्रकृतिसंगको सामिप्यता, संस्कृतिको अध्ययन, ऐतिहाँसिक अवलोकन गर्न सकिने बताउनुभयो । थाहा नगरका युवा फोटोपत्रकार गणेश बिष्ट, माधव कार्की, यादव जंग रायमाझी लगायतले परिकल्पना गर्नुभएको यो पदयात्रा (ट्रेकिङ रुट)ले थाहा नगरको पर्यटनको बिकास संगै संघीय राजधानी र बागमती प्रदेशको राजधानीका पैदलयात्रीहरुले नजिकै एकै दिनमा सम्पन्न गर्न सकिने अत्यन्तै सहज र प्रभावकारी मैदलमार्गको बिपल्प दिएको छ । फोटो फिचर (फोटो : गणेश बिष्ट)No description available.No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

  • अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

  • भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

  • अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २९ गते मंगलबार

    २०८२ पुस २९ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution