Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ ३१, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बैदेशिक रोजगारमा जाने व्यक्तिको पुनः श्रम स्वीकृति ज्वालामुखी गाउँपालिकाबाटै दिन सुरु

प्रत्यूष २८४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २२, शुक्रबार (२ साल अघि)
बैदेशिक रोजगारमा जाने व्यक्तिको पुनः श्रम स्वीकृति ज्वालामुखी गाउँपालिकाबाटै दिन सुरु

धादिङ,२२ असार ।
ज्वालामुखी गाउँपालिकाले बैदेशिक रोजगारमा जाने व्यक्तिको श्रम स्वीकृति र पुनः श्रम स्वीकृति गाउँपालिकाबाटै सुरुवात गरेको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्रद्वारा जितेन्द्र फ्यालीलाई पुनः श्रम स्वीकृति हस्तान्तरण गरि श्रम स्वीकृति गाउँपालिकाबाट सुरुवात गरेको हो।

सरकारले वैशाख १ गतेदेखि स्थानिय तह बाटै श्रम स्वीकृति दिने निर्णय गरेपनि ज्वालामुखी गाउँपालिकामा पहिलो पटक जितेन्द्र फ्यालीबाट सेवा सुरु भएको रोजगार संयोजक रमिला थापा मगरले बताउनुभयो ।स्थानिय निकायबाटै वैदेशिक रोजगारमा जानेहरुले पुनः श्रम स्वीकृतिको लागि सहयोग पाउने भएपछि क्रमश सेवाग्राही बढ्ने रोजगार संयोजक थापाको भनाई छ ।

बैदेशिक रोजगार जानुपुर्व अनिवार्य रुपमा लिनुपर्ने श्रम स्वीकृति यसअघि काठमाण्डौबाट मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।गाउँपालिकाबाटै श्रम स्वीकृति र पुन श्रम स्वीकृतिको आवेदन दिने व्यवस्था भएसँगैै अब काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ ।

अनलाइन आवेदन कार्यका लागि नेपाली नागरिकताको सक्कल, भिसाको कागजात, करार सम्झौता पत्र, सम्बन्धित व्यक्तिको बैंक खाता विवरण, स्वास्थ्य परिक्षण र अभिमुखिकरण तालिमको प्रमाणपत्र, म्यादी जीवन बिमाको कागजात, कल्याणकारी कोषमा रकम तिरेको बैंक भौचर, पासपोर्ट साइजको फोटो २ प्रती आवश्यक पर्नेछ ।

वैदेशिक रोजगारीलाई भरपर्दो, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको अनलाइन फारम गाउँपलिकाको रोजगार सेवा केन्द्रमा गएर भर्न पाइने व्यवस्था गरिएको ज्वालामुखी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

    नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

  • मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

    मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

  • क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

    क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

    नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

    मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

    मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

    क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

    क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution