Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण

प्रत्यूष १०२ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २२, शुक्रबार (२ महिना अघि)
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण

म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ ।

माध्यमिक शिक्षा परीक्षा, २०७९ ९एसइई० मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाड्नुभएको थियो । एसएलसीमा फेल भएपछि उहाँले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताउनुभएको थियो । उहाँ २०६९ सालमा घर फर्किनुभएको थियो ।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध हुनुभएको थियो । उहाँ गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले० बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ ।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ ९एसइई० को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल हुनुभएको छ । सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए नतिजा ल्याउनुभएको हो । शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोकृष्ट बन्न सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

    ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

  • आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

  • बाढीले अस्थायी पुल र सडकमा क्षति

    बाढीले अस्थायी पुल र सडकमा क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८० असोज १० गते बुधबार

    २०८० असोज १० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

    ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

    आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    बाढीले अस्थायी पुल र सडकमा क्षति

    बाढीले अस्थायी पुल र सडकमा क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0