Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

प्रत्यूष ३५० पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २०, बुधबार (२ साल अघि)
दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताउनुभयो । सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो ।

“भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो”,उहाँले भन्नुभयो, “बर्खायाममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलीब्रिज राखिएको हो ।” असार पहिलो साता सुरु गरिएको बेलीब्रिज जडानको काम सकिएर यातायातका साधन आवतजावत गर्न थालेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य वीरबहादुर पौडेलले जानकारी दिनुभयो ।

“कल्भर्ट बगाएपछि भुरुङ्गखोलामा बाढी आउँदा सवारीसाधन आवतजावत अवरुद्ध हुने समस्या थियो”, उहाँले भन्नुभयो, “म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । बेलीब्रिज सञ्चालन भएपछि सहज भएको छ ।” लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलीब्रिजको सामान सडक डिभिजन कार्यालय पोखरा लगिएको थियो । पोखराबाट बेलीब्रिजको पाटपुर्जा ल्याएर भुरुङ्गखोलामा राखिएको हो ।

बेनी–जोमसोम सडक आयोजनाले हालै बेनी नगरपालिका–८ कालीपुबाट पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँट जोड्ने म्याग्दी नदीमाथि ४५ मिटर लामो बेलीब्रिज जडान गरेको थियो । गत फागुनमा रु दुई करोड चार लाखमा ठेक्का सम्झौता हिमालयन विल्डर्सले जेठमै बेलीब्रिज जडानको काम सकेर यातायात सञ्चालन भइसकेको छ ।

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण–३ दानास्थित रुप्सेखोलामा ४५ मिटर लामो बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । रुप्सेखोलामा बेलीब्रिज जडान र नजिकैको पहिरो हटाउन मुक्तिनाथ निर्माण सेवाले रु तीन करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो । असार महिनाभित्रै रुप्सेको बेलीब्रिजमा यातायातका साधन सञ्चालन हुने गरी तीव्रताका साथ जडानको काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपर भाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution