Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री

प्रत्यूष, रासस ३१४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १७, आईतबार (२ साल अघि)
हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।

‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’द्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धी प्रतिभासँगको आज भएको भेटघाटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकको समृद्धि, सुशासनका क्षेत्रमा केही नयाँ गर्ने सोच रहेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मैले भनेको थिएँ यसपटक म कुनै नराम्रो काम गर्दिन, नराम्रो काम हुन दिन्नँ । जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहास र भावी पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।”

सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवापुस्तालाई अपिलसमेत गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ । आ–आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु ।”

विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रवद्र्धनमा लाग्न प्रधानमन्त्रीले विशेष आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ । आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ । त्यसैले विश्वमा रहेका सबै नागरिकले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन् ।”

नेपाली र नेपालको पनि विश्वमा विशिष्ठ पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो । विश्वको एक तिहाइभन्दा बढी जनसङ्ख्याको आस्थाका धरोहर गौतमबुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौँ । विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व रहेको छ ।”

प्रधानमन्त्रीले पुनःजोड दिएर भन्न्नुभयो, “हामी एकपटकको नेपाली सधैँका नेपाली हौँ । तपाईं हामी जहाँ र जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ भन्ने मेरो आह्वान हो । विश्वमा छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीमा मेरो यो आह्वान छ ।”

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी तपाईं कलाकारप्रति नेपाली भाषा र कलाको प्रवर्द्धनमा लागेकामा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो ।

विश्वका प्रतिभालाई जम्मा गरेर नेपाली भाषामा गायन तथा नेपाली संस्कृतिको नृत्य प्रतियोगिताको आयोजना गरी कलाकारलाई नेपालसम्म ल्याई यो स्तरको कार्यक्रम सम्पन्न गर्न लागेकामा प्रधानमन्त्रीले आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “मलाई लाग्छ यस प्रतियोगितामा सहभागीमध्ये कतिपय भाइबहिनीले पहिलो पटक आफ्नो मातृ तथा पितृभूमिमा टेक्न पाएका होलान् । त्यसैले विदेशी भूमिमा रहेर पनि नेपालप्रतिको यस्तो महान् कार्य सम्पन्न गरेकामा आयोजक संस्थालाई म आभार व्यक्त गर्दछु ।”

विश्वका ५२ भन्दाबढी देशमा नेपाली भाइबहिनीका बीचमा प्रतियोगिता गराएर उक्त संस्थाले नेपाली भाषा र संस्कृतिकाको विकासको उद्देश्य राखी उक्त गायन तथा नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।

“यहाँहरूले पढ्नु भएकै होला, सुन्नुभएकै होला, मेरो नेतृत्वको वर्तमान सरकार फोहरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा छ । मैले सङ्कल्प गरेको छु, जस्तोसुकै परिस्थिति आओस, देश निर्माणको यो महाअभियानमा सरकार दृढतापूर्वक लाग्नेछ, यसमा यहाँहरूजस्ता युवा साथीहरूको बलियो साथ र सहयोग रहनेसमेत मैले विश्वास लिएको छु”, प्रधानमन्त्रीले भन्नुभयो ।

सो अवसरमा उहाँले राजनीतिक दल र नेताहरू सबै उस्तै हुन भन्ने खालको टिप्पणी यथार्थपरक नभएको बताउनुभयो । उहाँले सबै पार्टी र नेताहरू त्यस्तै हुँदैनन् भन्ने तथ्य स्थापित गराउने प्रयासमा आफू लागेको समेत स्पष्ट पार्नुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र साना दुःखले प्राप्त गरेको व्यवस्था होइन”, उहाँले भन्नुभयो, “निरंकुश राजतन्त्रको कालकोठरीबाट देशलाई आजको अवस्थासम्म ल्याउन हजारौँ सहिदले जीवनको बलिदान गर्नुभएको छ भने लाखौँ युवाले जीवनको ऊर्जाशील समय खर्चनुभएको छ ।”

उहाँले यो हामी सबैको व्यवस्था भएको र सबैको सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षा गर्ने, त्यसलाई सुदृढ गर्ने जिम्मेवारी पनि तपाईं हाम्रो भएको बताउनुभयो ।

उहाँले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि गरेको प्रयासबाट परिवर्तन चाहनेहरू उत्साहित भएको बताउनुभयो । “जो जनताको समृद्धि र सुशासनका पक्षमा छैनन्, उनीहरू आतङ्कित छन्”, उहाँले भन्नुभयो, “देश निर्माण गर्ने सरकारको सङ्कल्पमा बलियो साथ दिन म यहाँहरुसमक्ष अपिल गर्दछु ।”

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनका उद्देश्यले स्थापना गरेको इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले यी प्रतियोगिताको आयोजना गरेको हो ।

सो संस्थालाई विश्वमा विभिन्न देशमा छरिएर रहेका नेपाली भाषीबीच सांस्कृतिक, भाषिक र एकता कायम गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो । गायन र नृत्यका यी दुई प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिएर यसैगरी संसारमा छरिएर रहेका नेपालीलाई एकीकृत गरी नेपालमा ल्याउने र नेपाली कलाको प्रवद्र्धन गर्ने यस कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीले आग्रह थियो ।

प्रतियोगितामा गायन र नृत्यतर्फ विजयी हुने प्रथमले जनही रु एक करोड, दोस्रो हुनेले जनही रु ३० लाख र तेस्रो हुनेले जनही रु २० लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल राउण्ड हाल नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution