Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ढिलोगरी मनसुनी वर्षा भएका कारण रोपाइँ गर्न ढिलाइ

प्रत्यूष, रासस ७७५ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १७, आईतबार (२ साल अघि)
ढिलोगरी मनसुनी वर्षा भएका कारण रोपाइँ गर्न ढिलाइ

ढिलोगरी मनसुनी वर्षा भएका कारण जिल्लामा रोपाइँ गर्न ढिलाइ भएको छ । “अहिलेसम्मको अवस्था हेर्दा जिल्लाभित्र करिब एक हजार दुई सय ६० हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएकोे छ”, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले भन्नुभयो, “मनसुनी वर्षाको आवश्यक नपर्ने खेतमा धमाधम रोपाइँ भए पनि आकाशे पानीको भर पर्नुपर्ने खेतमा रोपाइँ बल्ल सुरु हुन थालेको हो ।”

अघिल्लो वर्ष यतिबेला जिल्लाभित्र २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । “पोहोर यतिबेला झन्डै बाइस प्रतिशत क्षेत्रफल जमिनमा रोपाइँ भइसकेको थियो”, उहाँले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा जिल्ला यस वर्ष रोपाइँमा ढिलाइ भएको छ ।”

मुख्य गरी दरौदी करिडोर क्षेत्रका फाँट तथा खेतमा भने आकाशे पानी नपर्दै पनि रोपाइँ गर्नका लागि पानीको अभाव नहुने भएकाले ती क्षेत्रमा रोपाइँ भइसकेको उहाँको भनाइ छ । “आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा मनसुनी वर्षा नभएसम्म रोपाइँ गर्न सक्ने अवस्था हँुदैन”, प्रमुख अधिकारीले भन्नुभयो, “जहाँ सिँचाइको सुविधा तथा पर्याप्त पानीको सुविधा छ ती क्षेत्रमा मात्र रोपाइँ सकिएको हो ।”

जिल्लाको दक्षिणी भू–भागमा धेरैजसो बर्खे धानखेती हुने गरेको केन्द्र प्रमुख अधिकारीले बताउनुभयो । यहाँका खेतीयोग्य जमिनमध्ये जिल्लाको ३५ प्रतिशत भू–भागमा मात्र धानखेती हुने उहाँको भनाइ छ । “धानखेती हुने जमिनमध्ये पनि करिब ३८ प्रतिशत खेतमा मात्र सिँचाइको सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “बाँकी जमिनमा रोपाइँ गर्न भने आकाशे पानीको भर पर्नुपर्ने बाध्यता गोरखाका किसानको छ ।”

केही दिनदेखि वर्षा सुरु भएकाले सबैतिर रोपाइँ गर्न सुरु भइरहेको उहाँले बताउनुभयो । गोरखा जिल्लामा करिब १० हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । कार्यालयले जिल्लाभित्रका सबै पालिकासँग नियमितरूपमा धान रोपाइँको तथ्याङ्क लिएर मन्त्रालयमा जानकारी गर्ने काम भइरहेकोसमेत उहाँले बताउनुभयो ।

जिल्लामा किसानले सावित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, महाराजा, च्याम्पियन, युस–३१२ जातका धान रोप्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा किसानले अन्य केही उन्नत जातको धानका बीउ पनि लगाउन सुरु गरेका छन्”, केन्द्र प्रमुख अधिकारीले भन्नुभयो, “खेती प्रणालीमा यान्त्रिकीकरणको प्रयोग पनि पछिल्लो समय बढ्दै गएको छ ।”रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution