Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति : मन्त्री ज्वाला

प्रत्यूष ४२२ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ३, आईतबार (२ साल अघि)
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति : मन्त्री ज्वाला

पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराउनुभएको हो ।

“ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधनको क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही बेपत्ता भएका छन्”, उहाँले भन्नुभयो, “म ज्यान गुमाउनेप्रति म र सरकारका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।”

मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुपमा काम अघि बढाएको जानकारी दिनुभयो । त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरु खोजी, उद्धार र राहतमा सक्रियताका साथ लाग्नुभएको छ ।

मन्त्री ज्वालाले भन्नुभयो, “ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ । विद्युत्सम्पर्क पनि टुटेको छ । अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ”, उहाँले भन्नुभयो ।

मध्यपहाडी राजमार्गको पनि केही क्षेत्रमा क्षति पुगेको छ । सम्बन्धित कार्यालयमा कुरा गरी तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको उहाँले जानकारी दिनुभयो । बेलिब्रिज जडान नभएसम्मका लागि सतहबाट नै डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न लागिपरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution