Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ५, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैन : प्रधानमन्त्री दाहाल

प्रत्यूष ३६९ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १, शुक्रबार (२ साल अघि)
तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताउनुभएको छ । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “फुटाउने काम हुँदैन, देशलाई जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।”
उहाँले मगरलगायत अरु आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा विभाजित गरेको गुनासो आफूसमक्ष आएको र त्यसलाई सच्याउन निर्देशन दिने बताउनुभयो ।  “जनगणना सार्वजनिक गर्ने क्रममा मगर जातिलाई फुटाइएको भन्ने गुनासो आदिवासी जनजाति महासङ्घका तर्फबाट पनि आएको छ, पुनमगर मगर होइनन् भन्ने किसिमबाट जनगणनाको तथ्याङ्क सार्वजनिक भयो भन्ने मलाई थाहा थिएन”, उहाँले भन्नुभयो, “महासङ्घले मलाई जानकारी दिएपछि मैले भनिसकेको छु । केन्द्रीय तथ्याङ्क कार्यालयका प्रमुख विदेश भ्रमणमा भएकाले उहाँ स्वदेश फर्किएपछि त्यसलाई स्पष्ट गर्ने र सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
सबै जातजातिमध्ये मगर समुदायमा विचार, नेतृत्व र नेताको रक्षामा प्रतिबद्ध पाइएको भन्दै प्रधानमन्त्री दाहालले मगर समुदायको व्यक्तिलाई राष्ट्रकै सम्मानित पद उपराष्ट्रपति र सभामुख बनाइएको बताउनुभयो । नेपाल बहुजातीय, बहुभाषिक, विभिन्न सांस्कृतिक विविधता भएको उल्लेख गर्दै उहाँले यो ऐतिहासिक विरासत नेपालको विशिष्ट पहिचानका रूपमा रहेको बताउनुभयो ।
आदिवासी सबै प्रकृतिको पूजा गर्ने संस्कृतिबाट विकास हुँदै आएको इतिहास रहेको जनाउँदै उहाँले प्रकृतिको संरक्षण गर्ने कुरा सम्पूर्ण मानव जातिको संरक्षण गर्नेमा निहित छ भन्नुभयो । “जातजाति, भाषाभाषी, वर्ग, समुदाय सबैको पनि हित यसैमा छ । यस्ता पर्व मनाउनुको तात्पर्य नयाँ राष्ट्रिय एकता कायम गर्दै प्रकृतिलाई विनाश हुन नदिने अनावृष्टि, अतिवृद्धि, खण्डवृष्टि हुन नपाओस्, जलवायुको संरक्षण गर्ने कुरासँग पनि यो पर्व सम्बन्धित छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रकृतिका संरक्षण, सम्मान र संवर्द्धन गर्ने पर्वका रूपमा भूमेपर्व रहेको उल्लेख गर्दै उहाँले यसपर्व मावन जातिकै हितसँग सम्बन्धित भएको बताउनुभयो । “सिङ्गो मानव समुदायलाई राम्रो बनाउने उद्देश्यद्वारा यस पर्व प्रेरित छ”, उहाँले भन्नुभयो । उहाँले मगर समुदायका साथै सबै आदिवासी जनजाति, भाषाभाषी नेपालीमा शुभकामना व्यक्त गर्नुभयो ।
सो समारोहमा राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले देशभरका मगरहरूको एकता आवश्यक रहेको बताउनुभयो । पुन समाज नेपालका संरक्षक एवं पूर्वमन्त्री उत्तम पुनले मगर जातिको तथ्याङ्कलाई सच्याउन तथ्याङ्क कार्यालयसँग आग्रह गर्नुभयो । सो अवसरमा मगरजातिका सांस्कृतिक,सामाजिक झाँकी  प्रदर्शनी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

  • देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

    देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

  • निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

  • राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

    देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution