Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १६, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु

प्रत्यूष ३५४ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ३०, मंगलबार (२ साल अघि)
शरणार्थी प्रकरण :  पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको छ ।

उहाँका पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो । अझै केही आरोपीका तर्फबाट थुनछेक बहस बाँकी रहेकाले त्यसपछि मात्रै थुनछेक आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो । उहाँका अनुसार वकिलहरुले समय लम्ब्याएमा अझै केही दिन बहस हुने देखिएको छ ।

यसअघि १२ जनाका तर्फबाट थुनछेक बहस सकिएको छ । अझै पाँच जनाका तर्फबाट वकिलले बहस गर्न बाँकी छ । अब आरोपी टेकनाथ रिजाल, आङ्टावा शेर्पा, लक्ष्मी महर्जन, शमशेर मियाँ र हरिभक्त महर्जनको बहस बाँकी रहेको जनाइएको छ ।

उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा ईन्द्रजीत राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

यसअघि बहसको समय बाँडफाँटका हिसाबले बुधबारसम्मका लागि समय तोकिएको थियो । अदालतमा पूर्वमन्त्री खाणका पक्षमा धेरै वकिलले बहस गर्न नाम दिएकाले समय लम्बिनसक्ने बताइएको छ । उक्त शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई दिएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो ।

त्यसपछि आरोपीहरुको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरुको बहस भइरहेको छ ।

उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । त्यसमाथि सार्वजनकि ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ । कैदका साथै रु २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ । उक्त घटनाका आरोपी १२ जना अझैँ फरार छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

    निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

  • निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

    निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

  • युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

  • राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १६ गते बुधबार

    २०८२ पुस १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

    अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

    दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

    दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

    निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

    निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

    निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

    निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution