Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेप्से परिसूचक बढेसँगै कारोबार रकममा सुधार

प्रत्यूष ८३३ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ८, सोमबार (३ साल अघि)
नेप्से परिसूचक बढेसँगै कारोबार रकममा सुधार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । आज दुई सय ७२ वटा कम्पनीको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता शेयर २५ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब २७ करोड ८७ लाख चार हजार सात सय २६ पुगेको छ ।

नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ । बैंकिङ र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव २९ र व्यापार समूह २० दशमलव २९ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय सात दशमलव ५७ र जीवन बीमा समूहको उपसूचक ८८ दशमलव ३२ अङ्कले बढेको छ । विकास बैंक समूह १० दशमलव ६६, वित्त समूह १३ दशमलव १५, होटल तथा पर्यटन समूह ५५ दशमलव ५३, जलविद्युत् समूह १४ दशमलव २२ र लगानी समूह शून्य दशमलव १७ अङ्कले बढेको छ ।

त्यसैगरी, लघुवित्त समूह १७ दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा समूह ७४ दशमलव ०८ र अन्य समूह शून्य दशमलव ५८ अङ्कले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीनलाईफ हाइड्रो लिमिटेडको शेयर मूल्य सात दशमलव ३७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू सात करोड ३४ लाख ९८ हजार पाँच सय बराबरको एक लाख ७७ हजार पाँच सय ७९ कित्ता शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोल्टी होटल लिमिटेडको दुई लाख १६ हजार २२ कित्ता शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

  • Post Thumbnail

    अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

  • Post Thumbnail

    सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

  • Post Thumbnail

    ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    Post Thumbnail

    चक्कु प्रहारबाट एकको मृत्यु, एक घाइते

    Post Thumbnail

    विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका धम्मिका प्रसाद नियुक्त

    अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

    अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution