Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

प्रत्यूष ३८२ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ८, सोमबार (२ साल अघि)
धादिङ अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

धादिङ अस्पतालको आर्थिक वर्ष ०७८/७९ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार धादिङ मिडिया नेटवर्कको आयोजनामा धादिङ अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

धादिङ अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउन सेवाग्राही तथा सरोकारवाला निकायले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागीहरु सेवाग्राही तथा सरोकारवाला निकायले जिज्ञासा सहित सुझाव दिदै धादिङ अस्पतालको कमी कमजोरी सुधार गरी प्रभावकारी सेवा तथा सुविधा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् ।

धादिङ अस्पतालको क्षेत्राधिकार वृहत र सेवाग्राही पनि ठूलो संख्यामा भएका कारण सेवा विस्तार तथा चुस्त बनाउनुपर्ने सहभागीहरुको भनाई छ। कर्मचारी नियुक्तीमा केहि व्यक्तिहरुको हालिमुहाली, सेवा तथा सुविधामा ढिलासुस्ति, सेवाग्राही जादा चिकित्मक नभेटिने समस्या, चिकित्सकले गर्ने व्यवहार, निशुल्क पाइने औषधि सहज नहुनु, एम्बुलेन्स र शव वाहन सेवा लिन कठिन, अस्पताल परिसर शौचालय दुर्गन्धित, सामाजिक सुरक्षा इकाइ प्रभावकारी नहुनु, विशेषज्ञसहितको सेवा निरन्तरता नहुनु जस्ता कमी कमजोरीलाई सुधार गर्नु पर्ने सुभाव दिएका छन् ।

धादिङ अस्पताललाई सुधार गर्न आ–आफ्नो तवरबाट पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डण्ट डाक्टर रुद्रमणी भण्डारीले बताउनुभयो । अस्पतालमा सुुधार गर्नु पर्ने कामको थालनी गरी अस्पतालमा सेवा लिन आउनुहुने सेवाग्राहीको विश्वास थपिने काम गर्ने मेसु भण्डारीले बताउनुभयो ।

त्यस्तै, सहभागीहरुको जिज्ञासा सम्बोधन गर्दै सुझाव र सेवाग्राहीकै चाहना अनुरुप अस्पतालले सेवा प्रवाह गर्ने धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताउनुभयो । धादिङ अस्पतालले दिने सेवा तथा सुविधामा कुनै पनि हालतमा सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै पत्रकार मनिष दुवाडीले अस्पतालले प्रवाह गर्दै आएका सेवा तथा सुविधा, समस्या तथा चुनौति, अस्पतालले थालेका राम्रा अभ्यास र सुधार गर्नुपर्ने कुरा लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

धादिङ अस्पतालबाट आर्थिक वर्ष ०७८÷०७९ मा ५२ हजार २०३ जनाले ओपिडि सेवा, १३ हजार ३६९ जनाले इमर्जेन्सी सेवा, १३ हजार ६९९ जनाले एक्सरे, ४ हजार २८८ जनाले स्त्री रोग सेवा लगायतका सेवाबाट सेवाग्राही लाभान्वित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

  • भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution