Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २३, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दुई नेपाली चलचित्र प्रदर्शनमा

प्रत्यूष ३८० पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार (२ साल अघि)
दुई नेपाली चलचित्र प्रदर्शनमा

शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।

निर्देशक रामराघव आचार्यले निर्देशन गर्नुभएको चलचित्र ‘ए साथी सुन’ प्रेमकथामा आधारित छ । “यसलाई हामीले नेपाली दर्शक सुहाउँदो शैलीमा तयार गरेका छौँ । प्रेमकथासँगै सामाजिक कथालाई समेटेका छौँ”, निर्देशक आचार्यले भन्नुभयो । यो उहाँको पहिलो चलचित्र हो ।

उहाँले भारतमा अभिनय र निर्देशनको प्रशिक्षण लिनुभएको थियो । चलचित्रलाई टायम कट्टेल र बीना कार्कीले निर्माण गर्नुभएको छ । निर्माता कट्टेलले चलचित्रले समाजको यथार्थलाई प्रस्तुत गरेको बताउनुभयो । चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

विश्वभर अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्ट्याच’ बाट प्रदर्शन भएको चलचित्र ‘डाकिनी’ आजैबाट प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी डाकिनीका गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । चलचित्रले बौद्ध ग्रन्थको सुन्दर आयामलाई बाहिर ल्याउँने छ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु ९जोङ्सार खिन्से रिम्पोछे० निर्देशक रहनुभएको चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय रहेको छ । चलचित्र सीमित हलमा मात्र प्रदर्शन भइरहेको छ ।

“विश्वविख्यात प्राविधिकको सहभागितामा निर्माण भएको चलचित्रलाई नेपाली दर्शकसम्म पुर्याउने उद्देश्यले सीमित समयका लागि मात्रै प्रदर्शन गर्नेछौँ । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ”, निर्माता बानियाँले भन्नुभयो । विश्वभर महोत्सवमा देखाइएको र रुचाइएको नेपाली कथा नेपाली दर्शकलाई कस्तो लाग्छ भन्ने जान्नका लागि सीमित समयका लागि मात्रै प्रदर्शन गरिएको उहाँको भनाइ थियो । ‘कला सप्ताह’को रूपमा चलचित्र प्रदर्शन, मास्टरक्लास, नाटक मञ्चनलगायत गतिविधि समेत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • धादिङका पालिकाहरूले प्रस्तुत गरे सफलता, चुनौती र सिकाइका अनुभव

    धादिङका पालिकाहरूले प्रस्तुत गरे सफलता, चुनौती र सिकाइका अनुभव

  • अन्तर्वार्ताः प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले

    अन्तर्वार्ताः प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले

  • विचारः अरनिको नेपालका गहना

    विचारः अरनिको नेपालका गहना

  • सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २३ गते बुधबार

    २०८२ पुस २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङका पालिकाहरूले प्रस्तुत गरे सफलता, चुनौती र सिकाइका अनुभव

    धादिङका पालिकाहरूले प्रस्तुत गरे सफलता, चुनौती र सिकाइका अनुभव

    अन्तर्वार्ताः प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले

    अन्तर्वार्ताः प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले

    विचारः अरनिको नेपालका गहना

    विचारः अरनिको नेपालका गहना

    सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution