Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै महँगी

प्रत्यूष ८७८ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २७, बुधबार (३ साल अघि)
Post Thumbnail

देशका अरु स्थानको तुलनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नौ महिनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै आठ दशमलव ५७ प्रतिशतको मूल्यवृद्धि देखिएको हो ।

यो अवधिमा तराई क्षेत्रमा सात दशमलव ६८, पहाडमा सात दशमलव एक र हिमालमा सात दशमलव ४७ प्रतिशत मूल्यवृद्धि रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव २५ प्रतिशत मूल्यवृद्धि थियो । त्यस्तै, तराईमा सात दशमलव ६१ प्रतिशत, पहाडमा सात दशमलव ७९ प्रतिशत र हिमालमा आठ दशमलव २५ प्रतिशत मुद्रास्फीति थियो ।

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । अर्थात् सरकारले राखेको मूल्यवृद्धिको सीमाभन्दा बढी मूल्यवृद्धि देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य राखेको थियो तर चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २८ प्रतिशत बराबर थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि छ दशमलव ९३ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि आठ दशमलव ४२ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १४ दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै, मरमसलाको १४ दशमलव ६७, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १० दशमलव ३९ प्रतिशतले बढेको छ । घरायसी उपयोगका वस्तुमा नौ दशमलव ५४, मनोरञ्जन तथा संस्कृतिमा आठ दशमलव ८१, फर्निसिङ तथा घरायसी उपकरणमा आठ दशमलव ७४ र शिक्षा क्षेत्रमा आठ दशमलव ६७ प्रतिशतको मूल्यवृद्धि देखिएको छ ।

गत चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने पाँच दमलव ५९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४ दशमलव ४२ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

  • Post Thumbnail

    वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

  • सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

    सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

  • Post Thumbnail

    बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बसको ठक्करबाट मृत्यु

    Post Thumbnail

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

    कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    Post Thumbnail

    लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution