Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गाउँलाई समृद्ध बनाउने नीति तथा कार्यक्रम ल्याउँदैछौँ : मुख्यमन्त्री जमकट्टेल

रासस १४३१ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २७, बुधबार (३ साल अघि)
गाउँलाई समृद्ध बनाउने नीति तथा कार्यक्रम ल्याउँदैछौँ : मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धि समीक्षा गरेर सबैको सुझावलाई समेटेर नीति तथा कार्यक्रमसँगै बजेटको समेत तयारी गरिरहनुभएको जानकारी दिनुभएको छ । मुख्यमन्त्री उहाँले सबै मन्त्रालयहरुलाई सिलिङ उपलब्ध गराउँदै नीति कार्यक्रमसँगै बजेटको तयारी पनि सुरु गरिसकेको बताउनुभयो ।

आम नागरिकले महसुस गर्न पाउने नीति तथा कार्यक्रमको तयारी गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, “हामी परिणाम देखिने र आम नागरिकलाई छुने गरी नीति कार्यक्रम ल्याउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “प्राप्त सुझावहरुका आधारमा हामी अघि बढ्नेछौँ ।” नीति तथा कार्यक्रमको तयारीका लागि पनि सबै दलहरुसँग छलफल र सुझाव सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो । व्यक्तिभन्दा पनि समूह र गाउँ नै समृद्ध बनाउने अभियान प्रदेश सरकारले लिएको उहाँको भनाइ छ ।

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे प्रदेश सरकारले प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग सुझाव सङ्कलन गरिसकेको र उहाँहरुको सुझावलाई नीति तथा कार्यक्रममा समेटिने उहाँले जनाउनुभयो । उहाँले नीति तथा कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विशेष कार्यक्रम तथा परिणाममुखी नीति कार्यक्रम ल्याउन सुझाव लिइएको समेत जनाउनुभयो ।

बजेट बनाउन सुरु

बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणको काम सुरु गरेको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको सिलिङ मन्त्रालयहरुमा पठाएपछि बजेट पनि तयार गर्न थालिएको हो ।

मन्त्रालयहरुले गत आर्थिक वर्षमा प्राप्त गरेको बजेटको सिलिङभन्दा १० प्रतिशत कम बजेटको सिलिङ प्राप्त गरेका छन् । प्रदेशको ११ वटा मन्त्रालयहरुले पनि आफ्ना मातहतका कार्यालयहरुमार्फत बजेट बनाउने काम सुरु गरेका छन् ।

प्रदेशका पाँचवटा मन्त्रालयमा मन्त्री नभए पनि बजेट र नीति तथा कार्यक्रमहरु भने तयार गर्न थालिएको छ । प्रदेशका सबै मन्त्रालयहरुमा बजेटको सिलिङ पठाइसकिएको र बजेट बनाउने काम सुरु गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बताउनुभयो । एघार मन्त्रालयलाई सिलिङ बजेट तोकेर योजना माग गरिसकेको उहाँको भनाइ थियो ।

प्रदेशका ६ मन्त्रालयमा मात्रै मन्त्री छन् । बाँकी पाँचवटा मन्त्रालय भने मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । मन्त्री नभएका मन्त्रालयमा पनि बजेटको तयारी भइरहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेटको तयारी अगाडि बढाएको हो । बागमती प्रदेश सरकारले चालु आवका लागि रु ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको थियो । सरकारले चालु आवको नौ महिनामा पूँजीगत खर्च १७ दशमलव ३६ प्रतिशत गर्न सकेको छ ।रासस

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

  • Post Thumbnail

    वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

  • सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

    सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

  • Post Thumbnail

    बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बसको ठक्करबाट मृत्यु

    Post Thumbnail

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

    कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    Post Thumbnail

    लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution