धादिङ। धादिङको गजुरी गाउँपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । गजुरी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले एक सुचना प्रकाशन गर्दै शववाहन सेवा सुरु गरिएको बताईएको छ ।
गाउँपालिका क्षेत्र र पृथ्वी राजमार्गमा हुने दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिहरुको शव पोस्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहन सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भएको छ।
शववाहनमा मृतक गजुरी गाउँपालिकाको स्थानिय बासिन्दा भएमा निःशुल्क सेवा दिने र अन्यको हकमा प्रचलित जिल्ला दररेट अनुसार शुल्क लिई सेवा दिने अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।
नागरीकहरुको समस्यालाई मध्येनजर गर्दै सेवा संचालन गरिएकोले शववहानको आवश्यक परेमा गाउँपालिकामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |