Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष

प्रत्यूष ३०७ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १९, मंगलबार (२ साल अघि)
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष

नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ ।

आइएमएफले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कार्यकारी समिति एक्जुकेटिभ बोर्ड बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको हो । मुद्रा कोषको टोलीले गत फेब्रुअरी १५ देखि २८ तारिखसम्ममा नेपाल आएर इसिएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति समीक्षा गरेको थियो । पहिलो र दोस्रो चरणको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको मुद्रा कोषले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि नेपालले आएमएफमार्फत इसिएफ ऋण सहायता लिने प्रक्रिया थालेको थियो । गत वर्ष अर्थात् सन् २०२२ जनवरी १२ तारिखमा आइएमएफको कार्यकारी समितिले नेपाललाई स्पेसल ड्रइङ राइट ९एसडिआर० का रुपमा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर इसिएफ उपलब्ध गराउने निर्णय गरेको थियो ।

आइएमएफबाट इसिएफ सुविधाअन्तर्गत पाइने

सहुलियतपूर्ण ऋणको कोटामा नेपालले एक सय ८० प्रतिशतसम्म ऋण लिएको छ । त्यस्तो, सहुलियतपूर्ण ऋणमध्ये अमेरिकी डलर ११ करोड बराबर आइएमएफले गत वर्ष जनवरीमै निकासा दिएको थियो । हाल निकासा दिन लागिएको पाँच करोड २८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि त्यही सम्झौताअन्तर्गतको अर्को किस्ता हो । नेपालले बजेट फाइनान्सिङका रुपमा प्रयोग गर्न पाउने गरी ३८ महिनाको वित्तीय सहायता प्याकेजका रुपमा आइएमएफले यस्तो सहुलियतपूर्ण ऋण सुविधा नेपाललाई दिएको हो ।

नेपालले यसअघि सन् २०२० मे महिनामा आइएमएफमार्फत ¥यापिड क्रेडिट फेसिलिटी आरसिएफ का रुपमा अमेरिकी डलर २१ करोड ४० लाख बराबर ऋण लगिसकेको छ । इसिएफमार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षाका क्रममा नेपालको आर्थिक वृद्धिदरमा सङ्कुचन रहेको तथा आन्तरिक र बाह्य क्षेत्र समेतको व्यवस्थापनका लागि चालिएका नीतिगत कदमहरुको प्रभाव अर्थतन्त्र देखिन थालेको आइएमएफले उल्लेख गरेको छ ।

कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको र बजेटको अर्धवार्षिक समीक्षाबाट चालिएका सरकारका कदमले अर्थतन्त्रमा आगामी दिनमा देखिनसक्ने चुनौती सम्बोधन गर्न खोजेको पनि आइएफएफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

  • ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

  • सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १ गते मंगलबार

    २०८२ पुस १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution