Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २५, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था

प्रत्यूष ३०४ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १८, सोमबार (२ साल अघि)
कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था

नागरिकता वा राष्ट्रिय परिचयपत्र लिँदाकै बखत सबै नागरिकलाई स्थायी लेखा नम्बर पान जारी गर्ने सरकारको योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । करको दायरा विस्तारका लागि भन्दै सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यो व्यवस्था यही वर्षभित्र कार्यान्वयनमा ल्याउने उल्लेख थियो ।

निजी क्षेत्रले पनि यो व्यवस्था चाँडो लागु गरिनुपर्ने भन्दै लामो समयदेखि सरकारसँग माग राखिरहेको छ । तर हालसम्म यो विषय अध्ययनकै चरणमा रहेको र कार्यान्वयनमा आउन अझै केही समय लाग्ने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी वसन्तराज तिवारीका अनुसार नागरिकता वा राष्ट्रिय परिचयपत्रसँगै पान जारी गर्ने व्यवस्था कसरी कार्यान्वयनमा लैजाने भन्नेबारे अध्ययन भएर मस्यौदा तयार भइरहेको छ ।

“नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत व्यक्तिगत नम्बर प्रदान हुने व्यवस्था कार्यान्वयन गर्ने पनि बजेटमा राखिएको थियो । यो व्यवस्था कार्यान्वयनका लागि अन्तरनिकाय संयुक्त समिति गठन भई अध्ययनको मस्यौदा प्रतिवेदन तयार भइरहेको छ”, बजेट वक्तव्यमा राखिएको यो विषय कार्यान्वयनको अवस्थाबारे जानकारी दिनुहुँदै उहाँले भन्नुभयो ।

नाबालिक व्यक्ति कुनै लगानी वा व्यवसायमा संलग्न भएमा उनीहरुलाई जन्मदर्ता, नागरिक परिचयपत्र वा अभिभावकको परिचयपत्रका आधारमा स्थायी लेखा नम्बर प्रदान गर्ने व्यवस्था गरिने पनि बजेटमा राखिएको थियो । आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा सुधार गरेर हाल यो व्यवस्था कार्यान्वयनमा ल्याइसकेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी करको दायरा विस्तार गर्नका लागि भन्दै चालु आर्थिक वर्षको बजेटले सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायले स्थायी लेखा नम्बर लिइ विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने व्यवस्था पनि राखेको थियो । बजेटमा भएको यो व्यवस्थाअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सात हजार तीन सय ९० वटा सरकारी निकायलाई स्थायी लेखा नम्बर प्रदान गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

नेपालमा काम गरिरहेका विदेशी नागरिकलाई करको दायरामा ल्याउने विषयमा पनि प्रगति भएको मन्त्रालयले जनाएको छ । नेपालमा काम गर्न श्रम सहमति वा कार्य सहमति प्राप्त गरेका विदेशी नागरिकलाई पारिश्रमिक करलगायत अन्य करको दायरामा ल्याउन श्रम स्वीकृति तथा भिसा नवीकरण गर्दा स्थायी लेखा नम्बर वा कर चुक्ता प्रमाणपत्र अनिवार्यरुपमा पेस गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको मन्त्रालयको भनाइ छ ।

विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिले आफ्नो पेसागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्यरुपमा पेस गर्नुपर्ने व्यवस्था पनि कार्यान्वयनमा आएको छ । त्यस्तै चारपाङ्ग्रे सवारी खरिद गर्दा अनिवार्यरुपमा स्थायी लेखा नम्बर पेस गरिनुपर्ने भन्ने व्यवस्था बजेट वक्तव्यमा उल्लेख रहेकामा यो पनि कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

    ‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

  • आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

    आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

  • आजदेखि तुरतुरे–चाम्बास सडकखण्ड दैनिक छ घण्टा बन्द

    आजदेखि तुरतुरे–चाम्बास सडकखण्ड दैनिक छ घण्टा बन्द

  • भक्तपुरमा केन्द्रीय गोदामघर तयार

    भक्तपुरमा केन्द्रीय गोदामघर तयार

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक २५ गते मंगलबार

    २०८२ कात्तिक २५ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

    ‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

    दरभाउ पेश गर्ने सम्बन्धी सूचना

    दरभाउ पेश गर्ने सम्बन्धी सूचना

    निष्कृय (संञ्चालनमा नरहेका) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना

    निष्कृय (संञ्चालनमा नरहेका) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना

    आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

    आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution