
गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनेन्द्र धमलाले आफुले वडा अध्यक्ष भएबापत बर्षभरि प्राप्त गरेको सम्पुर्ण सेवा सुविधाबाट आफ्नो वडामा रहेका बिधालयका छात्र छात्राहरुका लागि शैक्षिक सामग्री बितरण गर्नुभएको छ ।
वडामा रहेको थुमिको गणेश मावि, आर्खेतको गण्डकी मावि, जामुनेको जामुने प्रावि, धारापानिको मनासलु आवि, बांसपुरको भवानि प्राविमा रहेको करिब ४०० बिधार्थिहरु माझ आज बिधालयमैं भव्य कार्यक्रम गरि शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेकपा एमाले आरुघाट गाउँसभा दलका नेता तथा वडा नं १० का वडा अध्यक्ष सन्जित श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष राजिव गुरुङ समाजसेवि एवं बुद्विजिविहरु भिम धमला, कृष्ण काप्रि, कृष्ण धमला, मेन बहादुर अधिकारि, विशाल लामिछाने, राम कुमार श्रेष्ठ, प्रेम बराम, लगाएतको उपस्थिति रहेको थियो । वडा नं १० का अध्यक्ष श्रेष्ठले मन्तव्य व्यक्त गर्नुहुंदै वडा नं ४ का अध्यक्षले शैक्षिक क्षेत्रमा परिवर्तनको बिगुल वडा नं ४ बाट फुकेको र अब आरुघाट गाउँपालिकाको १० वटै वडामा यो सन्देस जानेगरि सबै वडा अध्यक्षले कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा वडा अध्यक्ष धमलाले शिक्षाको मन्दिरमा बलिरहेको दियोका रुपमा रहेका बिधार्थि हरुमाझ आफुले थोरै तेल थप्ने काम मात्रै गरेको र सबै जनप्रतिनिधि हरुले आ-आफ्नो ठाउँमा यसरी शैक्षिक क्षेत्रलाई महत्त्वका साथ प्राथमिकता दिंदा बर्सेनि गुणस्तरीय शिक्षाका लागि लाखौं बिधार्थिहरु देश बाहि जानुपर्ने अवस्थामा केही कमि आउने धारणा व्यक्त गर्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |