Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रास्वपाका सभापति लामिछाने फराकिलो मतान्तरले विजयी

प्रत्यूष ८२८ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १२, मंगलबार (२ साल अघि)
रास्वपाका सभापति लामिछाने फराकिलो मतान्तरले विजयी

चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।

विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा एमाले का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गर्नुभयो । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गर्नुभयो ।

चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ९८ बदर भई ७७ हजार चार सय ६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए ।

ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार ४०३ पुरुष र एक तेस्रो लिङ्गी रहेका थिए । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा समेत विजयी लामिछानेले त्यतिबेला ४९ हजार दुई सय ६४ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ र राप्रपाका रवीन अधिकारीले नौ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।

गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनमा ८४ हजार सात सय ५३ मत खसेको थियो । त्यसमध्ये ८३ हजार नौ सय ५६ सदर मत थियो । उक्त समयमा एक लाख २४ हजार दुई सय १५ मतदाता रहेका थिए । मङ्सिरमा १० दल र छ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो भने यसपाली १२ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए ।

चितवन क्षेत्र नं–२ मा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वडा पर्छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

  • उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

  • प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

  • आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १० गते शनिबार

    २०८२ माघ १० गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution