Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पर्यटक बसपार्क नहुँदा समस्या

रासस ५१७ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ११, सोमबार (२ साल अघि)
Post Thumbnail

सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक बसहरु सडकलाई नै अस्थायी बसपार्कका रुपमा प्रयोग गर्न बाध्य भइरहेका छन् ।

हवाईमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरु काठमाडौँ आइपुग्छन् । र, काठमाडौँबाट हवाई तथा सडकमार्ग हुँदै विभिन्न पर्यटकीय गन्तव्यमा जान्छन् । काठमाडौँबाट विभिन्न पर्यटकीय गन्तव्यका लागि जाने पर्यटक बसहरु पर्यटक बसपार्कको अभावमा हाल अस्थायीरुपमा सोह्रखुट्टेस्थित सडकलाई पर्यटक बसपार्क बनाउन बाध्य भएका छन् ।

टुरिस्ट बस एशोसियशन अफ नेपाल टिवानका अध्यक्ष कृष्ण आचार्य पर्यटक बसपार्कका बारेमा लामो समयदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको बताउनुभयो । “पर्यटक बसपार्क निर्माणका लागि विभिन्न सरोकारवाला निकायलाई सम्भावित स्थानबारे जानकारी गराइसकेका छौँ”, उहाँले भन्नुभयो, “तर उहाँहरुले चासो नदिँदा पर्यटक बसपार्कले मूर्तरुप पाउन सकेको छैन ।” पर्यटक बसपार्क निर्माणका लागि राज्यले कुनै चासो नदिएको उहाँको भनाइ छ ।

अध्यक्ष आचार्य पर्यटक बसपार्क लागि छुट्टै ‘पिक एण्ड ड्रप’ नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको बताउनुहुन्छ । सरकारले पर्यटनमार्फत अर्थतन्त्रलाई सबल बनाउन खोजे पनि यसका लागि पूर्वाधार निर्माणमा ध्यान भने नदिएको उहाँअध्यक्ष आचार्यको भनाइ छ । लामो समयसम्म जमलस्थित कान्तिपथ सडकलाई अस्थायी पर्यटक बसपार्कका रुपमा प्रयोग गरिएको थियो । तर विसं २०७५ असार १६ गतेदेखि भने सोह्रखुट्टेको सडकलाई अस्थायी पार्किङस्थल बनाएर पर्यटक ओसार्न थालिएको हो ।

टिवानका पूर्वमहासचिव दीपक भट्टराई पर्यटन क्षेत्रको विकासका लागि काठमाडौँमा पर्यटक बसपार्क अनिवार्य भएको बताउनुहुन्छ । छुट्टै बसपार्क नहुँदा गोँगबुस्थित नयाँ बसपार्कबाट समेत पर्यटक बस सञ्चालन गर्न बाध्य भएको उहाँको भनाइ छ । काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेका थिए।

नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टाका महासचिव कुमारमणि थपलिया पर्यटक बसपार्क निर्माणका लागि नाट्टाले विभिन्न निकायमा पहल गरिरहेको बताउनुभयो । “पर्यटक बसपार्क निर्माणका लागि सम्भावित ठाउँ हेरिरहेका छौँ, सम्बन्धित निकायलाई झक्झकाइरहेका छौँ”, उहाँले भन्नुभयो । नाट्टाले पर्यटन विभागसँग पर्यटक बसपार्कका बारेमा छलफल गरिरहेको उहाँको भनाइ थियो ।

विश्वका धेरै मुलुकमा पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको पाइन्छ । पर्यटन विभागका इञ्जिनियर बीरेन्द्रप्रसाद चौधरी काठमाडौँभित्र पर्यटक बसपार्क आवश्यक भए पनि जग्गा नहुँदा निर्माणमा ढिलाइ भएको दाबी गर्नुभयो ।

हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि मात्रै दैनिक झण्डै एक सय वटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् ।

व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् । काठमाडौँबाट विशेष गरी पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस जाने गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution