Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ९, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चितवनको मतगणना दिउँसो १ बजेदेखि

प्रत्यूष ४०८ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ११, सोमबार (२ साल अघि)
चितवनको मतगणना दिउँसो १ बजेदेखि

चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि आज पुनःबसेको बैठकले दिउँसोबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउने लगायतका निर्णय भएका छन् ।

नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी दिएको छ । आइतबार साँझ बैठकमा प्रमुख जिल्ला अधिकारी नआएको भन्दै कांग्रेस, नेकपा (एमाले) सहितका दलले आपत्ति जनाएपछि बिहान पुनःबैठक बसेको हो । ती दलले प्रमुख जिल्ला अधिकारीको संलग्नतामा आचारसंहिता उल्लङ्घन भएको आरोप लगाउँदै बैठकमा जवाफ दिनुपर्ने माग गरेका थिए ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । त्यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रोलिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले पदबाट हटाउने आदेशपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

  • बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

  • माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

  • एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution